खेल क्षेत्रको कायापलट गर्न यूवा तथा खेलकुद मन्त्री गुरुङ पोखरा रंगशाला निरिक्षणमा

काठमान्डौं : प्रदेश सरकारका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले सोमबार पोखरा रंगशाला निरिक्षण गरेका छन । मन्त्री गुरुङले पोखरा रंगशालामा निर्माण हुँदै गरेको प्रदेश खेलकुद परिषद गण्डकीको भवन लगायत पूर्वाधारहरुको निरिक्षण गरेका हुन ।

उनले पोखरा रंगशालाको बहुउद्धेश्यिय कभर्ड हल, क्रिकेट खेल मैदान, भारोत्तोलन हल लगायतका पूर्वाधारहरु निरिक्षण गरेका थिए ।

निरिक्षणका क्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिब तेज बहादुर गुरुङ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सम्पन्न श्रेष्ठ, परिषदका सदस्यद्वय ऋषीराम गौतम र योगेन्द्र गुरुङ, कास्की जिल्ला खेलकुदका अध्यक्ष तोरण बहादुर बानियाँ, महानगर खेलकुदका अध्यक्ष दिपक बहादुर गोदारको सहभागिता रहेको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ twelve = seventeen