पत्रकार ऋषि धमलाद्धारा गृहजिल्ला धादिङमा लागि स्वास्थ्य सामाग्री प्रदान

काठमाडौं : धादिङको निलकण्ठ नगरपालिकाको ज्यामरुङमा स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाको पहलमा निलकण्ठ नगरपालिका, जिल्ला अस्पताल र ज्यामरुङ स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री सहयोग गरिएको हो ।

जिल्ला अस्पतालको लागि ५ वटा अक्सिजन सिलिण्डर सहयोग गरिएको छ । त्यस्तै, नगरपालिकाको स्वास्थ्य चौकीमा १० वटा अक्सिजन सिलिण्डर, ५ हजार थान सर्जिकल माक्स, १ सय ५० पिस ग्ल्ब्स, फेसियल २० वटा र केएन नाइन्टीन फाइभ माक्स १० वटा, रियूजेवल ग्राउन १० र एन्टीजेन किट २ सय सहयोग गरिएको हो ।

कोरोना संक्रमित बढ्दै गएपछि उपचारमा सहज होस भनी सहयोग गरिएको धमलाले जानकारी दिए । कुनै पनि नागरिकलाई कोरोना संक्रमणका कारण मर्न नपरोस भनेर आफूले सहयोगको अभियान संचालन गरेको उनले बताए । धमलाले जिल्लाको सहयोगको लागि आफू सदैव तयार रहेको प्रतिबद्धता जनाए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty two − thirty six =