माधव नेपालको नयाँ पार्टी चल्दैन: गोकुल बाँस्कोटा

काठमान्डौं : नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले माधवकुमार नेपालद्वारा बनाइने नयाँ पार्टी नटिक्ने बताएका छन् । त्यस्तो पार्टीको जनाधार एमालेको भन्दा भिन्नै नहुने भएकाले नयाँ पार्टी राष्ट्रिय जनमोर्चाजस्तै सानो हुने बास्कोटाको दाबी छ ।

‘उही नाम र उही ब्रान्डको पार्टी चल्दैन । उत्पातै नाम राख्दा एमाले क्रान्तिकारी राख्ने होला । तर, मान्छेहरु को हुन् त भन्दा यिनै हुन्’ बास्कोटाले रातोपाटीसँग भने, ‘समर्थक वा उनीहरूप्रति सहानुभूति राख्ने जनमत पनि एमालेकै हो, यसकारण अर्को पार्टी बनाउन माधव नेपाललाई धेरै कठिन छ ।’

माधव नेपाल पक्षका नेताहरुलाई स्पष्टीकरण सोधेर पनि कारवाही किन भएको भन्ने प्रश्नमा बास्कोटाको जवाफ छ,‘योचाहिँ ट्याक्टिल मुभ हो । कार्वाही गर्नेरनगर्ने भन्ने कुरा कार्यनीतिक विषय हो ।’

एमालेको विवादबारे पूर्वमन्त्री बाँस्कोटाको विचार उनकै शब्दमा–

माधव नेपालले विकल्पहरुको छनोट खोजेका हुन सक्छन् । विकल्पको छनोट खोज्दाखेरि उही नाम र उही ब्राण्डको पार्टी त चल्दैन । उत्पातै नाम राख्दा ‘एमाले क्रान्तिकारी’ राख्ने होला । तर, मान्छेहरु को हुन् त भन्दा यिनै हुन् । समर्थक वा उनीहरुप्रति सहानुभूति राख्ने जनमत कुन त भन्दा त्यही एमालेकै हो । अर्को छुट्टै कुनै समूह आउँछजस्तो लाग्दैन । यसकारणले गर्दा अर्को पार्टी बनाउन माधव नेपाललाई धेरै कठिन छ ।

दोस्रो कुरा, नयाँ पार्टी बनाउनका लागि त्यस्तो नेतृत्व, व्यक्तित्व, कृतित्व वा कुनै करिस्म्याटिक नारा लिएर माधव नेपाल आउन सक्ने अवस्था छैन, जहाँ अरु जनमत पनि आकर्षित होस् । यसो हुँदाखेरि माधव नेपाल असन्तुष्टहरुको मात्र नेता हुने भए । असन्तुष्ट जनमत होइन, असन्तुष्ट कार्यकर्ताको उनी नेता हुने भए । त्यसो भइसकेपछि त्यो टिक्दैन । बनिहाल्यो भने जनमोर्चाको हालत हुन्छ ।

त्यसैले, माधव नेपालसँग नयाँ पार्टी बनाउने नयाँ जनमतको आधार पनि भएन । माओवादीमा जाऔं भने उनलाई साथ दिने कोही पनि भएन । नेताहरु अलिअलि हुन्छन्, तर कार्यकर्ता र जनमत भएन । त्यसैले मेरो विचारमा माधव नेपालसँग अर्को छुट्टै पार्टी बनाउने वा जनमतसहित बोकेर अगाडि जाने आधार भएन । नेताहरुचाहिँ हुने भए । तर, को नेताहरु त भन्दा अन्तरसंघर्षका कारणले व्यक्तिगत दुस्मनी वा कुण्ठा बोक्ने नेताहरुको समूह हुने भयो । जनमत र राजनीतिक विचारका आधारले भन्दा पनि व्यक्तिगत दुस्मनीका कारणले यताउता भएका नेताहरु मात्र हुने भए । माधव नेपालसँग यसखालका नेताहरुको पंक्ति रहने भयो । तर, कार्यकर्ताको पंक्ति हल्लिएन ।

माधव नेपाल पनि टेस्टेड नेता हुन् । उनले यसवीचमा जे सिद्धान्त उठाए, त्यसको विपरीत काम गरे । विधि पद्दति र अनुशासनको कुरा गर्नेले फ्लोर क्रस गर्न हुने कि नहुने रु तात्तातोमा त जसले पनि जस्टिफाई गर्न कोसिस गर्छ । तर, प्रकारान्तरले त्यो हुँदैन ।

एमालेको आम जनमत भनेको मध्यम वर्गीय हो । एमाले र काँग्रेसको जनमतको आधारभूत भिन्नता म धेरै देख्दिनँ । तुलनात्मक रुपमा काँग्रेसभन्दा एमाले बढी प्रगतिशील हो । तल्लो वर्गमा मुद्दा पनि सरकारमा हुँदा उठाइदिन्छ, बोकेर हिँड्दिन्छ । तर, पार्टीको बेस भनेको त निम्न मध्यमवर्गीय हो । काँग्रेसले इलाइटहरुलाई पनि समेटेको छ, बदलामा एमालेले श्रमिकहरुलाई समेटेको छ, यत्ति हो ।

अब माओवादीमा जाने हो भने माधव नेपाललाई एउटा समस्या के देखिन्छ भने माओवादीको नाम र कामको हिसाबले त्यसमा अन्तरराष्ट्रिय सहयोग र समर्थन देखिँदैन । पश्चिमी देश, भारत वा चीन कहीँबाट पनि देखिन्न ।

माधव नेपाल पक्षका नेताहरुलाई स्पष्टीकरण सोधिएन पनि तत्कालै कारवाही किन भएन त भन्दा योचाहिँ ‘ट्याक्टिल मुभ’ हो । कार्वाही गर्ने÷नगर्ने भन्ने कुरा कार्यनीतिक विषय हो । यो कुनै रणनीतिक विषय भएन ।

कारवाही किन गरिएन त भन्दा त्यहाँभित्र एउटा मत उठेको छ । फर्किने ठाउँ पाइएन भन्ने छ । फर्किने ठाउँ के भयो भने हुन्छ त रु उनीहरुको तर्क भनेको जेठ २ हो । जेठ २ मान्दियो भने हुन्छ भनेपछि त्यो किन नमान्ने त । ल जेठ २ मान्दिउँ ।

जेठ २ लाई मान्दाखेरि बादलहरु निस्काशित हुने पनि होइन । त्यो त यसै एड्रेस भइसक्यो । त्यो ९बादल समूह० हिजोको नेकपाको ४४१ मा पसेको न हो । अहिले भर्खर पार्टी फुटेर बादल आएको भएचाहिँ त्यसमा प्रश्न उठाउने ठाउँ हुन्थ्यो । त्यसैले बादललाई हटाउने कुरै छैन ।

माधव नेपालले चाहेको संस्थागत गुटबन्दीको अभ्याससहित फर्किन्छु भन्ने हो, त्यो केपी ओलीले मान्नुहुन्न । उहाँले जे २ मान्नुहुन्छ । तर, बार्गेनिङ गरेर मेरो यो संख्या र त्यो संख्या भन्ने केही पनि मान्नुहुन्न ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

three × = twelve