बादल प्रधानमन्त्री ओली भेटन् बालुवाटारमा, तत्काल मन्त्रिपरिषद विस्तार नगर्न आग्रह !

काठमाडौं : निवर्तमान गृहमन्त्री तथा नेकपा (एमाले) का नेता रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद विस्तार र हेरफेर गर्न लागेको बेलामा बादलले बालुवाटार पुगेर ओलीसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री ओलीले आजै साँझ जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षलाई समावेश गराएर मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् ।

जसपाबाट ८ मन्त्री र २ राज्यमन्त्रीसहित दश जनाले आजै सपथ लिने तयारी भएको छ । तर, त्यो भन्दा अघि बादलले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् । उनले तत्काल मन्त्रिपरिषद विस्तार नगर्न सुझाव दिएका हुन् ।

बादलनिकट नेता मणिचन्द्र थापाले तत्काल मन्त्रिपरिषद विस्तार नगर्न प्रधानमन्त्री ओलीलाई बादलले सुझाव दिएको जानकारी दिए ।

बादलले प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई हुने क्रम जारी रहेकोले यस सम्बन्धमा फैसला नआएसम्म मन्त्रिपरिषद विस्तार गर्न नहुने सुझाव दिएका थिए । बादलको सुझावमा ओलीले कुनै प्रतिक्रिया नदिएको बुझिएको छ ।

जसपाबाट राजेन्द्र महतोको नेतृत्वमा दश जना आजै सहभागी हुने तयारी भैसकेको छ । मन्त्री हुनेमा राजकिशोर यादव, अनिल झा, शरदसिंह भण्डारी, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, उमाशंकर अरगरियालगायत रहेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

18 ÷ two =