जसपा आजै सरकारमा जाने, ६ बजे मन्त्रीहरुको शपथ

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारमा जाने निश्चित भएको छ। ठाकुर–महतोपक्षका नेताहरुले आजै मन्त्री पदको शपथ लिने भएका छन्।

जसपाका तर्फबाट मन्त्री बन्नेहरुले शुक्रबार साँझ ६ बजे पद तथा गोपनीयताको शपथ लिने भएका हुन्। शुक्रबार दिनभर बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि जसपा सरकारमा जान तयार भएको हो। जसपाले माओवादी केन्द्रले लिएको मन्त्रालय पाउने गरि यस अघि नै सहमति भएको थियो। जसअनुसार ८ मन्त्री र दुई राज्यमन्त्री ठाकुर-महतो पक्षले पाउने छ।

तर वरिष्ठ नेता राजेन्द्र महतोले गृहमन्त्रालय र अन्य नेताले महत्त्वपूर्ण मन्त्रालयमा दावी गरेपछि समस्या देखिएको थियो। दिनभरको वार्तासकिएसँगै जसपा आजै सरकारमा सहभागी हुन लागेको हो।

जसपाका तर्फबाट वरिष्ठ नेता महतोले सरकारको नेतृत्व गर्ने छन्। महतोसहित अनिल झा, राजकिशोर यादव, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ल, उमाशंकर अरगरिया, बिमल श्रीवास्तव, चन्दा चौधरी, एकबाल मियाँ, प्रमोद साह मन्त्री बन्न लागेको स्रोतको भनाइ छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

39 + = forty seven