डा. केसीको स्थिति गम्भीर हुनु अगाडि नै गम्भीर बनौ ! – रबि लामिछाने (भिडियो)

काठमाडौं : चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका विकृति सुधारको माग गर्दै कर्णालीको जुम्लाबाट सुरु गरेको डा. गोविन्द केसीको १९ औँ अनशनको आज २० दिन पूरा भएको छ ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका विकृति सुधारको माग गर्दै अनशन बसेको २० दिन पुग्दा डा.केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको चिकित्सकहरुले बताएका छन् ।डा. केसीलाई छाती, मांसपेशी दुख्ने र रिँगटा लाग्ने समस्याले धेरै कमजोर पारेको छ, केसीको उपचार समूहका एक डाक्टरले बताए ।

केसीको शरीरमा सोडियम, पोटासियम, म्याग्नेसिय, क्याल्सियम फस्फोरसको मात्रा कम हुनुको साथै मुटुको चालमासमेत समस्या आएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार डा. केसीको स्वास्थ्य गम्भीर बनेको छ ।

त्यस्तै (शनिबार ) मध्याह्न डा. केसीलाई भेट्न सञ्चारकर्मी रवि लामिछाने अस्पताल पुगेका थिए । डा. केसीलाई भेटेेपछि सञ्चारकर्मी लामिछानेले सरकारको छिटोभन्दा छिटो ध्यानाकर्षण होस भन्दै सञ्जालमा भिडियो समेत सेयर गरेका छन् ।

लामिछानेले लेखेका छन् “१९ औ सत्याग्रहको आज २० औ दिन। डा. गोविन्द के सी को स्वास्थ्य जटिल बन्दैछ। सरकारका तर्फबाट न कसैले केही सोधेको छ न त सामन्य हालखबर बुझ्न नै कोही आएको र भ्याएको छ। यिनले आफ्नालागि के मागेका छन् र? स्थिति गम्भीर हुनु अगाडी नै गम्भीर बनौ। #IamwithDrKC #SaveDrKc”

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy one + = seventy five