शेरबहादुर तामाङ लाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी !

काठमान्डौं : नेकपा एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङ फेरि सरकारमा सहभागी भएका छन् । उनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

२०७४ चैत्रमा ओली सरकारमा पहिलो पटक कानून मन्त्री बनेका तामाङले बंगलादेशमा पढ्ने छात्राको विषयमा दिएको अभिव्यक्तिका काण विवादमा परेपछि नैतिकताको आधारमा राजीनामा दिएका थिए ।

सिन्धुपाल्चोकबाट २ पटक प्रत्यक्ष निर्वाचित सांसद तामाङले कोरोना महामारीको समयमा सरकारमा स्वास्थ्य मन्त्रालयको नेतृत्व पाएका छन् ।

प्रधानमन्त्री ओलीले हृदयेश त्रिपाठीलाई हटाएर तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन् । तामाङ पत्नी उषाकला राई १ नम्बर प्रदेशको सामाजिक विकास मन्त्री छिन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

40 ÷ = four