बला-त्कारको आरोपमा ८४ वर्षीय बृद्ध पक्राउ !

दाङ : दाङमा ८४ वर्षीय बृद्ध बला,त्कार आ,रोपमा प,क्राउ परेका छन् । देउखुरी जिल्ला अदालतबाट जबरजस्ती करणीमा सजाय सुनाइएका फरार ८४ वर्षीय बृद्ध प,क्राउ परेका हुन् । पक्राउ पर्नेमा घोराही– ४ भकारे निवासी ८४ बर्षीय रामु केसी रहेका छन् ।

गत वर्ष मंसिर २६ गते अदालतबाट जबरजस्ती करणी कसुर मुद्दामा उनलाई ७ वर्ष ५ महिना ८ दिन कैद सजाय र २ लाख २५ हजार जरिवाना फैसला सुनाइएको थियो ।

बिहीबार प,क्राउ परेका उनलाई शुक्रवार अदालतमा पेश गरि जेल चलान गरिएको दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ thirty four = forty three