भिम उपाध्याय द्वारा गाँजा सचेतना अभियान समुह ७७ वटै जिल्लामा गठन !

काठमान्डौं  : गाँ-जा एउटा औषधिय गुण भएको बनस्पति हो । बिश्व बजारमा बहुमुल्य रहेको गाँ-जाको बैज्ञानिक ब्यबस्थापन मार्फत देश लाई समुन्नत बनाउन सकिने भन्दै पुर्ब सचीव भिम उपाध्यायको नेतृत्वमा अहिले सामाजिक संजाल भर गाँ-जा सचेतना अभियान गठन भएको छ ।

सामाजिक संजालको प्रयोग गर्दै गाँ-जा सचेतनाको लागि गरेको आग्रहमा प्रायः सबै जिल्लाबाट सामाजिक संजालमा समूह नै बनाएर समर्थन गरेका छन ।

बिश्वका शक्तिशाली मुलुकले यसको कारोबार खुल्ला गरे पनि नेपालमा भने यसको खेती अबैध मानिन्छ । विश्व बजारमा यसको तेल , दाना र पात समेत विभिन्न प्रयोजनका लागि महंगो मुल्य मा किनबेच हुने गरेको छ ।

उपाध्यायले शुरु गरेको यो अभियानले गाँ-जा बेचेरै देश समृद्ध हुने र नेपालीको जिबनस्तर उकासिने भन्दै गाँ-जालाई सरकारले बैधानिक बनाउन चर्को दवाव दिने देखिएको छ ।

खेर गइरहेको बाँझो जग्गामा सजिलै यसको खेती हुने र बजार मुल्य पनि उच्च रहेकोले यसको लुकिछिपी कारोबार भैरहे पनि सरकारले बैध घोषणा गरेको छैन । गत साल मात्रै पाकिस्तानले गाँजा खेतीलाई देशको प्रमुख आयस्रोत बनाउने लक्ष्य लिएको छ ।

हिजो २ बजे देखि सुरू गरिएको गॉ-जा सचेतना अभियान समूह एक दिनमै ७७ जिल्लामा गठन भइसकेको र यसलाई थप प्रचार प्रसार गरि गॉ-जालाई नेपाल सरकारले बैधानिकता दिन यो अभियानको सुरु गरेको नेपाल सरकारका पुर्ब सचीव भिम उपाध्याय ज्युले सामाजिक संजाल फेसबुक बाट जानकारी दिनु भएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− one = one