खेलकुद मन्त्री मनाङ्गे स्वास्थ्य सामाग्री सहित मनाङ पुगे !

काठमान्डौं : गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री माननीय राजिब गुरुङ दिपक मनाङ्गे को विशेष पहलमा माउन्टेन ह​र्ट नेपालद्वारा मनाङ पुग्नु भएको छ ।

सहयोग स्वरुप प्राप्त ५ थान अक्सिजन कन्स​न्ट्रेट​र ,मास्क,सेनिटाईज​र पि पि ई लगायत अत्यावस्यक स्वास्थ्य सामाग्रीह​रु मनाङ जिल्ला नासोँ गापा १ तालमा माननीय ज्युकै वरदबाहुलीबाट नासो गाउप​लिकाका अध्यक्ष चन्द्र घलेलाई हस्तान्तरण गर्नुभएको छ।

कोभिडको यस विषम परिस्थितमा मनाङ्गे जनताको स्वास्थ्यमा अतुलनिय योगदानमा सँलग्न माननीय ज्यु सहित मनकारी व्यक्तित्वहरु ड​क्ट​र एब​न गौत​म​,व्यवस्थापक बिज​य​ पौडेल कार्यक्रम सँयोजक प्र​ताप पौडेल​ प्रति हार्दिक नमन पनि ब्यक्त गर्नु भएको थियो।

यो पनि पढ्नुहोस: वर्तमान केपी ओलीको सरकारमा तीन जना उपप्रधानमन्त्री हुने भएका छन् । प्राप्त समाचारअनुसार विष्णु पौडेल उपप्रधानमन्त्री र अर्थमन्त्री, रघुवीर महासेठ परराष्ट्रसहित उपप्रधानमन्त्री र राजेन्द्र महतो शहरी विकाससहित उपप्रधानमन्त्री हुने भएका हुन् ।

यसअघि भने इश्वर पोखरेल एकजना मात्र उपप्रधानमन्त्री थिए । तर उनी पनि प्रधानमन्त्री कार्यालयमा रहनेगरी भनी विनाविभागीय जस्तो थिए । यस पटकको मन्त्रिमण्डल पुनर्गठनमा उनी बाहिरिएका छन् ।

वर्तमान ओली सरकारमा यसअघि माओवादी केन्द्र सरकारमा सहभागी थियो भने उ निस्किएपछि एमालेकै अल्पमतको सरकार थियो । सरकारमा आजदेखि जसपा प्रवेश गरेको छ । सरकारमा जसपाको नेतृत्व गर्ने राजेन्द्र महतोले उपप्रधानमन्त्री पदको दाबी गरेपछि प्रधानमन्त्रीले पनि आफ्नो दलबाट दुई जना थपेका हुन् ।

पोखरेल सरकारमा नरहने भएपछि एमालेबाट विष्णु पौडेल र रघुवीर महासेठ उपप्रधानमन्त्री बनेका हुन् । त्यस्तै शेरबहादुर तामाङले भने राम्रो मानिएको स्वास्थ्यमन्त्री पाउने भएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

5 × eight =