सलुट ! झापा ट्राफिक प्रहरीले उठायो सवा तीन करोड बढी राजश्व

काठमान्डौं : जिल्ला ट्राफिक प्र,ह,री कार्यालय झापाले सवा तीन करोड बढी राजश्व संकलन गरेको छ । कार्यालयले चालू आर्थिक बर्षको बैशाख मसान्त सम्ममा सो रकम संकलन गरेको हो ।

ट्राफिक कार्यालयले यस आर्थिक बर्षको १० महिनाको अवधिमा ३ करोड २८ लाख ४१ हजार रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ । कार्यालयले ट्राफिक नि,म उ,ल्लं,घन गर्ने ४६ हजार ९ सय वटा सवारीसाधन कार,बा,हीबाट सो रकम संकलन गरेको सुचना अधिकारी शिवकुमार शर्माले बताए ।

कार्यालयले चैत्र महिनामा सबैभन्दा धेरै ४८ लाख ९६ हजार ५ सय रुपैयाँ र साउन महिनामा सबै भन्दा कम २२ लाख ७७ हजार रुपैयाँ संकलन गरेको जनाएको छ ।

अन्य सवारीको तुलनामा सबैभन्दा धेरै १८ हजार ८ सय ३३ वटा मोटरसाइकल का,र,बा,हीमा परेका छन भने सोबाट संकलन भएको १ करोड ३४ लाख ८४ हजार ५ सय रुपैयाँ राजश्व सबै भन्दा बढी हो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

five × = ten