दैलेख प्रहरीद्वारा अस्पताललाई अक्सिजन कन्सेन्ट्रेटर प्रदान !

काठमाडौं : जिल्ला प्रहरी कार्यालय दैलेखले जिल्ला स्वास्थ्य कार्यालयलाई अक्सिजन कन्सेन्ट्रेटर प्रदान गरेको छ । आइतबार दैलेख प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले १० लिटरको एक जना अक्सिजन कन्सेन्ट्रेटर र १० थान मेडिकल अक्सिजन मास्क स्वास्थ्य कार्यालयलाई प्रदान गरेका हुन्।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत इच्छुक प्रहरी कर्मचारीहरूले आफ्नो तलवबाट केही रूपैयाँ छुट्याएर उक्त सामग्री खरिद गरेका हुन्।

कोभिड-१९बाट संक्रमितहरूलाई उपचारमा सहयोग तथा जोखिम नियन्त्रणमा सहजीकरण होस् भन्ने उद्देश्यले अत्यावश्यक स्वास्थ्य उपकरणको रुपमा रहेको अक्सिजन कन्सेन्ट्रेटर र मेडिकल अक्सिजन मास्क स्वास्थ्य कार्यालयलाई प्रदान गरिएको प्रहरी निरीक्षक इन्द्रजित सुनारले बताए।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty ÷ 8 =