एमाले नेता महेश बस्नेत गृहमन्त्री बन्दै !

काठमाडौं : नेकपा एमालेका नेता महेश बस्नेत गृहमन्त्री बन्ने निश्चितप्रायः भएको छ । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री बनाउने तयारी गरेको बुझिएको छ ।

बस्नेत प्रधानमन्त्री ओलीका विश्वासपात्र हुन् । कठिन समयमा उनले ओलीलाई साथ दिदै आएका छन् । आफूले गृहमन्त्री पाउनेमा पनि बस्नेत ढुक्क भएको बुझिएको छ । उनले गृहमन्त्री बनेमा प्रभावकारी काम गरेर देखाउने सन्देश समेत बालुवाटारमा पुर्याएको विश्वस्त स्रोतले बताएको छ ।

भक्तपुरबाट सांसद समेत भइसकेका बस्नेत जुझारु नेता मानिन्छन् । ओलीको सत्ता संकट टार्न उनी मैदानमा उत्रिएका थिए ।

तत्कालिन समाजवादी पार्टी फुटाउन डा. सुरेन्द्र यादवको अप,ह,रण भनिएको घट,नामा बस्नेत प्रत्यक्ष संलग्न थिए । समाजवादी पार्टी फुटाउने प्रयास असफल भएपछि विवाद बाहिर आएको थियो । उक्त कार्यमा संलग्न उमाशंकर अरगरिया मन्त्री भएका छन् ।

बस्नेतले जसपाको महन्थ ठाकुर पक्षको व्यवस्थापन गरी ओलीको सत्ता संकट टार्न भूमिका खेलेको खुलिसकेको छ । उनी स्वयंले व्यवस्थापनको भूमिका खेलेको भनेका थिए । ओलीवि,रो,धीलाई कमजोर बनाउन महेश बस्नेतको निकै महत्वपूर्ण छ । त्यसैले बस्नेतलाई ओलीले पनि पुरस्कृत गर्ने तयारी गरेको बुझिएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

62 − fifty four =