माओवादी केन्द्रले गर्‍यो गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमान्डौं : नेकपा माओवादी केन्द्रले काभ्रेपलाञ्चोक जिल्लाका गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । माओवादी केन्द्र प्रवास समन्वय कमिटीबाट उपलब्ध स्वास्थ्य सामग्री जिल्ला पार्टी कार्यालय काभ्रेपलाञ्चोकमार्फत स्थानीय तहमा हस्तान्तरण गरिएको हो ।

बेथानचोक र भुम्लु गाउँपालिकालाई मंगलवार सामग्री हस्तान्तरण गरिएको छ । ती सामग्रीमा पीपीई, एन्टिजेन कीट, पञ्जा, अक्सिमिटर र स्यानिटाइजर छन् ।

यसअघि जिल्लाका तेमाल, रोशी, महाभारत र खानीखोला गाउँपालिकामा सामान वितरण गरिसकिएको माओवादी केन्द्र काभ्रेपलाञ्चोकले जनाएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty nine ÷ = twenty nine