नेपाल–खनाल पक्षको शर्त स्विकारेर पार्टी एकता हुँदैनः सूर्य थापा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा एमालेका नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षको शर्त स्विकारेर पार्टी एकता नहुने बताएका छन् ।

आइताबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले ६ बुँदा सहित पार्टी एकताको प्रस्ताव अघि सारेका थिए । त्यसको जवाफमा नेपाल खनाल पक्षले सोमबार ६ बँुदामा नै एकताका लागि शर्तहरु राख्दै जवाफ फर्काएका थिए ।

प्रधानमन्त्री ओलीले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइयोस् भन्ने रिटमा गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त राखेका थिए । यसको जवाफमा नेपाल खनाल पक्षले प्रतिनिधि सभा विघटन फिर्ता लिए हस्ताक्षर फिर्ता लिने शर्त राखेका थिए ।

नेपाल खनाल पक्षबाट यस्तो जवाफ आएपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले मंगलबार ट्वीट गर्दै नेपाल खनाल पक्षको शर्त स्विकारेर पार्टी एकता नहुने बताएका हुन् । उनले तेल निकाल्न बालुवा नभई तोरी पेल्नुपर्ने भन्दै नेपाल पक्षलाई व्यंग्य समेत गरेका छन् ।

उनले लेखेका छन्–‘‘माधव कु नेपालका शर्त स्विकारेर त एकता हुँदैन । यी शर्तमा नेपाल गुटसँग होइन, देउवाको कांग्रेससँग बरु एकता होला । तेल निकाल्न बालुवा होइन तोरी पेल्नुपर्छ । ’’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy five − seventy two =