हार्दिक धन्यबाद ! हराएको पैसा फेला पारेर प्रहरीले बुझायो विदेशी नागरिकलाई

काठमान्डौं : नेपाल प्रहरीले एकजना विदेशी नागरिकले हराएको पैसा फेला पारेर सम्बन्धित पक्षलाई बुझाएको छ । फिनल्याण्ड नागरिक Persijs Murznicks लाई उनले हराएको ६५० युरो र नगद नेपाली रु. ४००००।हजार फेला पारेर महानगरीय प्रहरी प्रभाग बांडेगाउँ ललितपुरले बुझाएको छ ।

निजले ललितपुर गोदावरी नगरपालिका वडा नं. २ विष्टछापको एरियामा हराएको भन्दै खोजतलास गरी पाउ भनि बाड़ेगाउँ प्रहरी कार्यालयमा लिखित निवेदन दिएका थिए ।

तत्काल महानगरीय प्रहरी प्रभाग बाँडेगाउका प्रहरी निरीक्षक सुजित कुमार ओझाको कमाण्डमा खटिएको प्रहरी टोलि उक्त स्थानमा खटि गई हराएको नगद फेला पारेको थियोे ।

फेला परेको रकम प्रहरी निरीक्षक सुजित कुमार ओझा बाट सम्बन्धित फिनल्याण्ड नागरिक Persijs Murznicks लाई बुझाइएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− five = two