मागेको जति मन्त्रालय नपाएपछि भड्कियो माओवादी, सरकारमा सहभागी नहुने !

काठमान्डौं : मागेको जति मन्त्रालय नपाउने भएपछि प्रदेश नम्बर २ सरकारमा नेकपा माओवादी केन्द्र सहभागी नहुने भएको छ । माओवादी २ मन्त्रालय मागेकोमा जसपाले अन्तिम समयमा १ मन्त्रालय मात्रै दिन सकिने बताएपछि आक्रोशित बनेको माओवादी सरकारमा नजाने भएको हो।

माओवादी केन्द्रका सांसद जगत यादवले पार्टी सरकारमा सहभागी नहुने बताए । उनले सामाजिक सञ्जालमार्फत पार्टी सरकारमा सहभागी हुने जानकारी गराएका हुन् । जसपासँगको वार्ताका लागि कार्यदलका सदस्य समेत रहेका उनले पार्टीले दुई मन्त्रालय मागेकोमा अहिले एउटामात्रै दिने भनिएकाले त्यसमा आफूहरुको असहमति भएको बताए ।

आजै काँग्रेस र जसपाबीच सरकारमा जान दुई बुँदे सहमति भएपनि माओवादीसँग भने त्यस्तो कुनै लिखित सहमति भएको छैन । माओवादीसँग कुरा नमिल्दा काँग्रेसतर्फका मन्त्रीहरुको शपथमा पनि ढिलाइ भएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty one ÷ = nine