नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री थापा भन्छिन: अब काममा ध्यान दिनुस्

काठमाण्डौ : नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाले मन्त्रालयमा को मन्त्री आयो, को मन्त्री गयो भनेर नभइ मन्त्रालयको काममा ध्यान दिन कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।

बिहीवार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री थापाले मन्त्रीभन्दा मन्त्रालयको काममा कर्मचारीहरूको ध्यान जानुपर्ने बताउनुभयो । सरकार र सरकारको योजना सफल बनाउन सञ्चार मन्त्रालयको महत्त्वपूर्ण भूमिका रहेको भन्दै मन्त्री थापाले नागरिकलाई सूचना प्रविधिको पहुँचमा लैजान आवश्यक रहेको बताउनुभयो ।

परिचयात्मक कार्यक्रममा बोल्दै मन्त्री थापाले समृद्ध नेपाल सुखी नेपालीको नारालाई साकार बनाउन मन्त्री, कर्मचारी भएर काम गर्न आफू सधैँ खुला रहेको उहाँले स्पष्ट पार्नुभयो ।

मन्त्री थापा यसअघि राष्ट्रिय महिला आयोगको अध्यक्ष हुनुहुन्थ्यो । उहाँ निवर्तमान गृह मन्त्री रामबहादुर थापाकी पत्नी हुनुहुन्छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty six + = 56