स्थानिय खुसी ! कालिकोटको नरहरिनाथ गाउँपालिकाको रूप्सामा पनि जोडियो सडक खण्ड

कालिकोट : कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं ५ रूप्सामा आज मात्रै ट्रक पुगेको छ । छिमेकी गाउँपालिका सान्नि त्रिवेणीको सडक संञ्जालमा उक्त गाउँपालिकामा जोडिएको हो।

रुप्सामा पहिलो पटक गाढि पुग्दा स्थानियहरु निकै नै बासी खुशी देखिएका छन् । गाडि पुग्दा अबिर र जात्रा गरेर भब्य स्वागत गरिएको सोही गाउपालिका नि. प्रशासकिय अधिकृत दुर्गालाल न्यौपानेले जानकारी दिनुभयो।

रूप्सामा यातायात पुर्याउन कडा चट्टानि भागमा सडक निर्माण गर्न कठिनाई भए पछि सान्नि त्रिर्बेणी गाउँपालिकाले आफ्नो प्रमुख पर्यटकिय गन्तव्य स्थान त्रिवेणी पाटनका लागि निर्माण गर्न लागेको सडकबाट नरहरिनाथले साबिक रूप्सालाई सडक संञ्जालमा जोड्न पहल थालेको थियो ।

नरहरिनाथ गाउँपालिका वडा ५ रुप्सामा गाडि पुग्दा स्थानीय बासी,बुद्धिजिवी,वडा अध्यक्ष लगायत नरहरिनाथ गाउँपालिका अध्यक्ष धिर बहादुर विष्ट ले समेत खुसि ब्यक्त गर्नु भएको छ।

यस गाउँपालिकामा सडक-खण्ड बिस्तार तिब्र गतिमा भईरहेको र यस आर्थिक बर्षमा गाउँपालिका का  सबै वडामा सडक संञ्जाल जडान गर्ने उद्देश्य लिईएको नि. प्रशासकिय अधिकृत न्यौपानेले बताउनु भयो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ one = five