राउटे समूदायले भेटे कर्णालीका मुख्यमन्त्रीलाई, खाद्यान्न सहयोग गर्ने !

काठमाडौं : राउटे समुदायका युवायुवतीले आफ्नो समुदायमा खाद्यन्न चामलको उचित व्यवस्था गरिदिन कर्णाली प्रदेश सरकारसँग माग गरेका छन् । प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग आज भेट गरी उनीहरुले चामल सहित संरक्षणको व्यवस्था गरिदिन माग गरेका हुन्।

सो अवसरमा मुख्यमन्त्री शाहीले राउटे समुदायलाई प्रदेश सरकारले आवश्यक सहयोग गर्दै आएको र आगामी दिनमा दिनमा पनि सहयोग निरन्तर जारी रहने जानकारी दिए।

उनले सो अवसरमा सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीलाई घुमन्ते राउटे समुदायको तत्कालको समस्या समाधानका लागि आवश्यक सहयोग गर्न निर्देशन दिए । सामाजिक विकासमन्त्री बिसीले राउटे समुदायका समस्या तत्काल सम्बोधन गरिने जानकारी दिए ।

मुख्यमन्त्रीले राउटे समुदायलाई सक्दो सहयोग गर्ने उक्त भेटघाट कार्यक्रममा आफुले सक्दो सहयोग गर्ने क्रा समेत राख्नु भएको छ ।

सँधै मुखिया नेतृत्वको टोलीले सरकारसँग आफ्ना समस्या राख्दै आएपनि यसपटक भने ती समुदायका युवा र युवती भेटमा सहभागी भएका थिए।

सो समुदायले हालै कोरोना परीक्षण समेत गराएका थिए । राउटे समूहसँगको आजको भेटमा दुर्व्यवहारमा परेकी किशोरी पनि सहभागी थिइन्।

राउटे हाल सुर्खेतको गुर्भाकोट नगरपालिकाको वडा नम्बर ९ मा बस्दै आएका छन् । काठका भाँडाकुँडा बनाउने र त्यसलाई खाद्यवस्तुसँग साटेर दैनिक गुजारा गर्ने यो समूदायले पछिल्लो समय काठका भाँडाकुँडा विक्री नभएपछि समस्या भोग्दै आएको छ।

त्यसैले पनि राउटेहरु अहिले काठका सामान बनाउनभन्दा परजीवि बन्दै गएका छन् । यो समूदायले खेतिपाती गर्न पाप हुने विश्वास राख्छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ninety nine ÷ = thirty three