खुसीको खबर ! दीपक मनाङे तेस्रो पटक मन्त्री बन्दै

काठमाडौं : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । उनले आफूलाई समर्थन गर्ने दलबाट एक–एक जनालाई मन्त्री बनाउन लागेका छन् ।

स्रोतका अनुसार जनता समाजवादी पार्टी (जसपा)बाट संसदीय दलका नेता हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बन्ने पक्का छ ।

मनाङेले समर्थन गरेकै कारण नयाँ सरकार गठन सम्भव भएकाले उनलाई सुरुमै मन्त्री बनाउन लागिएको एक नेताले बताए । उनलाई युवा तथा खेलकुद मन्त्रालय दिने सम्भावना छ । १६ जेठमा तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि मनाङेलाई युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका थिए ।

मन्त्रीको नाम टुंगो लगाउन नेकपा माओवादी केन्द्रका नेताहरु छलफलमै छन् । सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चा भने सरकारमा जाने छैन ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty five − = seventeen