नर्भिकमा उपचाररत अभिनेत्री निशालाई करिष्मा मानन्धरको यति ठूलो सहयोग !

काठमान्डौं : हाल नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री मोडल निशा घिमिरेको परिवारलाई अभिनेत्री करिष्मा मानन्धरले “कलाकारलाई कलाकारको साथ” भन्ने आव्हानका साथ उनको बुबा प्रेमप्रसाद घिमिरेलाई २५ हजार नगद सहयोग प्रदान गरेकी छन्।

नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष तथा प्रबक्ता मोहन निरौलाद्वारा जारी प्रेस नोटमा अभिनेत्री निशाका बुबालाई २५ हजार नगद सहयोग प्रदान गरेको उल्लेख गरिएको छ।

नेपाल चलचित्र कलाकार संघको समन्वयमा जेष्ठ २९ गते संघका बरिष्ठ उपाध्यक्ष रेजिना उप्रेती, संघका प्रबक्ता तथा उपाध्यक्ष मोहन निरौला, निर्देशक तथा संचारकर्मी संझना उप्रेती रौनियार, बरिष्ठ फोटोग्राफर विकाश रौनियार र स्थानीय बासिन्दा रत्न तामांगको उपस्थितिमा अभिनेत्री मानन्धरले उक्त सहयोग रकम प्रदान गरेकी थिइन्।

यसैगरी बरिष्ठ उपाध्यक्ष उप्रेतीले आफ्नो तर्फबाट दश हजार रुपैयाँ, हाल अमेरिकामा रहेकी अभिनेत्री उषा पौडेलले पठाएको २२ हजार रुपैयाँ र अमेरिकामा रहेका प्रकाश थापाले पठाएको दश हजार रुपैयाँ अभिनेत्री उप्रेतीले अभिनेत्री निशाका पिता घिमिरेलाई प्रदान गरिन्।

कलाकारको अवस्थालाई मनन गरेर निःशुल्क उपचारको व्यवस्था गरिदिएकोमा नर्भिक अस्पताल बिशेष गरी साहित्यकार, समाजसेवी तथा नर्भिक अस्पतालका संस्थापक बशन्त चौधरी र निर्देशक मेघा चौधरीप्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका छन्।

‘संघ सदैव कलाकारको साथमा छ र हुन्छ पनि । संघका अध्यक्ष रवीन्द्र खडकाको नेतृत्वमा सहयोग अभियान संचालन गरिएको पनि हामी जानकारी गराउँदछौं,’ संघद्वारा जारी प्रेसनोटमा भनिएको छ, ‘सबैको साथ सहयोग र शुभेच्छाले अभिनेत्री निशा घिमिरेको स्वास्थ्यमा सुधार आउने छ भन्ने हामीले विश्वास लिएका छौं।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty ÷ = five