कलाकार निशालाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान र कृष्ण कंडेलको सहयोग !

काठमाडौं : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले नर्भिक अस्पतालमा उपचाररत कलाकार निशा घिमिरेको परिवारलाई आर्थिक सहयोग गरेको छ । प्रतिष्ठानका सदस्यहरु नर्भिक अस्पतालमा पुगी निशाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर उनको परिवारलाई केही रकम प्रदान गरेका हुन् ।

“कलाकार निशा घिमिरेको स्वास्थ्य असाध्यै नाजुक रहेको कुरा जानकारी पाएलगत्तै हाम्रो संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल परिवार नर्भिक हस्पिटलमै उपस्थित भएर उहाँको परिवारलाई परेको आर्थिक भारमा केही हदसम्म भए पनि टेवा पुगोस् भन्ने उद्देश्यले थोरै भए पनि सहयोग रकम हस्तान्तरण गरेका छौँ,” लोकगायक बद्री पंगेनीले सामाजिक सञ्जालमा लेखेका छन् । उनले निशाको शीघ्र स्वास्थ्यलाभको पनि कामना गरेका छन् । सहयोग रकम भने खुलाएका छैनन् ।

शनिबार मात्रै निशाको सहयोगमा चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोष अगाडि आएको थियो । तीन वर्षअघि भारतको देहरादुनमा अभिनय सिक्न जानेक्रममा दुर्घटनामा परेकी निशाको अवस्था निकै नाजुक रहेको थियो ।

भारतमै राखेर केही समय उपचार गराइयो । आर्थिक अभाव भएपछि उनलाई नेपाल ल्याएर घरमै राखिएको थियो ।

नवजीवन परोपकार समाज र नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरीको प्रयासमा गएको बिहीबारदेखि निशाको नर्भिकमा उपचार थालिएको हो । निशाको उपचार सम्भव रहेको चौधरीको भनाइ छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

50 − forty four =