नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो, के अब फेरी लकडाउन गर्नुपर्छ ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस सक्रिय संक्रमितको संख्या २५ हजार पुगेमा लकडाउन गर्न सिफारिस गरेको थियो । यही असोज ७ गते स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या २५ हजार पुगेमा लकडाउन गर्न गृहमन्त्रालयलाई सिफारिस गरेको जानकारी दिएका थिए ।

उनै प्रवक्ता डा. गौतमले बुधबार (असोज २१) सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको जानकारी दिए । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उनले बुधबारसम्म सक्रिय संक्रमितको संख्या २५हजार सात रहेको जानकारी दिए ।

उनले अब लकडाउन हुने नहुनेबारे केही जानकारी दिएका छैनन् । तर, कोरोना संक्रमणको जोखिमलाई बढाउने गरी भीडभाड नगर्न, बाहिर निस्कनु पर्ने भएमा नाकमुख छोपिने गरी मास्क लगाउने गरी स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गर्न आह्वान गरे ।

सामान्य रुघाखोकी लाग्दैमा अस्पात नजान भन्दै उनले यदी श्वास फर्न गाह्रो भएमा, बेहोस भएमा, बेहोस हुन लागेमा जस्ता अवस्थामा मात्रै अस्पताल जान भनेका छन् । अस्पतालहरुमा शैय्याको अभाव भएको भन्दै उनले सबैलाई सावधानी र सतर्कता अपनाउन पनि आग्रह गरेका छन् ।

यसैबीच गौतमले पछिल्लो २४ घण्टामा ३४३९ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए। योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । पछिल्लो २४ घण्टामा ११२६ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ । यसैबीच पछिल्लो २४ घण्टामा १५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५७८ पुगेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− three = one