भक्तपुरमा ३ जनाको शंकास्पद मृत्यु प्रकरणको खुल्यो रहस्य : श्रीमानले लिए श्रीमती र छोराको ज्यान ?

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–९ निकोसेरास्थित आफ्नै निवासमा कुकुरसहित एकै परिवारका तीनजनाको ज्यान गएको घटना थप रहस्यमय बन्दै गएको छ । महानगरीय प्रहरी वृत्त थिमिदेखि करीब ७०० मिटर पर निकोसेराबाट सिन्टिटार जाने सडकमै रहेको चारतले घरमा कुकुरसहित ३६ वर्षीय सुदीप अधिकारी, ३४ वर्षीया श्रीमती सम्झना र यस वर्ष मात्रै एसइई परीक्षामा ‘ए’ ल्याएर उत्तीर्ण गरेका १५ वर्षीय छोरा सुशान्तको घटना प्रकरण रहस्यमय बनेपछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थालेको छ ।

मथिनपा–६ कुण्डोल बस्ने मृतक सुदीपका भाइ सुनिल अधिकारी शुक्रबार अपराह्न दाजुको घरमा मासु पु¥याउन जाँदा दाजुका सबै परिवार मृत देखेपछि घटनाबाहिर आएको थियो । सुनिलका अनुसार घरको मूल ढोका केही खुलेको थियो । बाहिरबाटै दाजुलाई बोलाउँदा नबोलेपछि भित्र गएका थिए । भित्र जाने बित्तिकै केही गन्ध आयो । घरको मूल ढोकाको ताल्चा साँचो ढोकाभित्रको प्यासेजमा राखिएको मोटरसाइकल माथि थियो ।

भाइ सुनिल माथि जाँदा दोस्रो तलाको भ¥याङको प्यासेजमा सेतो कुकुर म’रिरहेको थियो । दोस्रो तलाको दाजुको कोठामा हेर्दा भाउजू सम्झना खाटको ओछ्यानमा मृत देखेपछि आ’त्तिँदै माथिल्लो कोठामा जादा त्यहाँ पनि भतिज सुशान्त ओछ्यानमै मृत्यु भएको देखे ।

त्यसपछि माथि जाँदा भान्छाभन्दा बाहिर कौसीमा निस्कने ढोकाको प्यासेजमा घो’प्टो परेर दाजु सुदीपको पनि शव देखे । गत आइतबार सोह्रश्राद्धमा सबै परिवार भेट भएको थियो । शुक्रबार दाजुको परिवारलाई मासु पु¥याउन आएका भाइ सुनिलले दाजुको परिवार सबैलाई मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा खबर पाएलगत्तै अपराह्न ५ बजे नजीकै रहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलको टोली पुगेको थियो । प्रहरी परिसर भक्तपुरकी प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापा भने पौने ६ बजे मात्रै घटनास्थल पुग्नुभएको थियो ।

घटना भएको क्षेत्रलाई प्रहरीले अनुसन्धानका लागि आफ्नो घेरामा लिएपछि महानगरीय अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक दीपक थापाको टोली र त्यसपछि केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख सहकुल थापाको टोलीसहित फरेन्सिक ल्याबको टोलीसमेत घटनास्थल पुगेको थियो । टोलीले राति ११ बजेभन्दा पछिसम्म अनुसन्धान गरी मचुल्का उठाएर शवपरीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाएको थियो ।

सुदीपले श्रीमती र छोराको ज्यान लिएको केही दिनपछि ‘वि/ष से’व’नबाट आफैँले देहत्याग गरेका हुन् कि भन्ने प्रहरीको प्रारम्भिक अनुमान छ । सम्झना र शुशान्तको ज्यान लिन ह/तिया’रको प्रयोग भएको देखिएको छ ।ज्यान लिएपछि सम्झनालाई भित्तापट्टि कोल्टो राखेर माथिबाट ओढ्ने ओढाइदिएको छ भने शुशान्तको पनि टाउको र घाँटीमा प्रयोग गरेर ज्यान लिएको पाइएको छ । ज्यान लिएपछि घो’प्टो बनाएर माथि पहेँलो रामनामी कपडाले छोपेको अवस्थामा सुशान्तको शव भेटिएको छ । ओछ्यानदेखि भित्तामा समेत र’गतको छि’टाहरु छन् । र’गत सुकिसकेको र दुवै शव गलेर ग’न्हाउनुका साथै घाउमा कि’रा पर्न थालेको थियो । सुदीपको शव भने गलेको र गन्हाएको पनि थिएन भने शरीरमा कुनै बाहिरी चो’टप’ट’क पनि छैन ।

प्रहरीका अनुसार तीनवटै शव हेर्दा एकै दिन मृत्यु भएको होइन । सम्झना र सुशान्तको केही दिनअघि र सुदीपको केही दिनपछि मृत्यु भएको अनुमान प्रहरीको छ । महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख तारादेवी थापाले भने महाशाखाको टोलीले घटनास्थलको अनुगमन र अनुसन्धान गरेकाले आफूलाई यस बारेमा केही पनि थाहा नभएको प्रतिक्रिया दिनुभयो ।

महानगरीय अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक थापाले मृतकको शव र कुकुरको परीक्षणको रिपोर्ट आएपछि घटनाबारे थप कुरा थाहा हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मृतक तीन जनाकै पोष्टमार्टमको रिपोर्ट र पशु प्रयोगशालाबाट कुकुरको पनि पोष्टमार्टमको रिपोर्ट आउँछ, त्यसपछि घटनाका बारेमा थप भन्न सकिन्छ ।”

वरिष्ठ प्रहरी उपरीक्षक थापाले भन्नुभयो, “सम्झना र सुशान्तको टा”उकोमा ‘ग’हिरो चो’ट छ । सुशान्तको शवसँगै ओछ्यानमा र’गत लागेको मा ‘सु ‘का”ट्ने फलामको दा’प (चु’प्पी) भेटिएको छ । शव गलिसकेको, ग’न्हाउन थालेको र घाउमा कि’रा प’र्न थालेको छ तर सुदीपको शव गन्हाएको र गलेको छैन । सुदीपको शव नजीकै रहेको थालमा बान्ता गरेको छ । कुकुरको पनि त्यस्तै छ । भान्छामा साग र भात छ । प्रारम्भिक अनुसन्धानमा सुदीप र कुकुरको ‘वि’ ष से”वनबाट मृत्यु भएको अनुमान छ । घरको ढोका खुलै भएकाले बाहिरी मान्छेको प्रवेश भएर घटना भएको हो कि भन्ने आशङ्का रहे पनि घटनास्थल र अवस्था हेर्दा बाहिरको व्यक्ति प्रवेश गरेर गरेको हो भनेर यकिन गर्ने अवस्था छैन ।”

प्रहरीले सुदीपको बा’न्ता पनि परीक्षणका लागि प्रयोगशालामा पठाएको छ । थापाले भन्नुभयो, “प्रहरीले अनुसन्धान जारी राखेको छ, आज बिहान पनि घटना भएको घरको बाहिर खेतमा खोजतलास गर्ने क्रममा सल्फर लेखिएको विषको दुईवटा बट्टा भेटिएको छ, थप सबुत प्रमाणको खोजी र अनुसन्धान जारी छ । विधि विज्ञान प्रयोगशालामा पठाएर अनुसन्धान भइरहेको छ ।”

घटनास्थलमा प्रहरीसहित फरेन्सिक विज्ञ टोलीसमेत खटिएको र प्रहरीले शवपरीक्षणसँगै भिसेरा परीक्षणसमेत गर्ने भएको छ । वि ष वा ल’ठ्याउने अन्य कुनै औ’षधि’को प्र’योगबाट मृत्यु भएको हो वा होइन भन्ने कुरा भिसेरा परीक्षणमार्फत पत्ता लाग्छ ।

मृतकका आफन्तले आज महानगरीय प्रहरी वृत्त थिमिमा घटनाको सत्यतथ्य छानिबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै जाहेरी दिएको थिमि वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक कँडेलले जानकारी दिनुभयो । चार दिनअघि मृतकका परिवारले किराना पसल खोलेको र दिउँसोदेखि पसल बन्द रहेको जानकारी दिँदै स्थानीयवासीले निषेधाज्ञाका कारण उनीहरु बाहिर आए÷नआएको याद नभएको भनाइ छ ।

पसलमा सामान किन्न गएकी एक महिलाका अनुसार भदौ २२ गतेबिहान सुदीप पसलमा थिए । त्यसपछि यता उनको पसल बन्द थियो । त्यसअघि नै उनको छोरा र श्रीमतीको ज्या’न लिएको हुनसक्ने प्रहरीको आंकलन छ । छोराको ह त्यापछि उनले ‘राम राम’ लेखेको पिताम्बर ओढाए । श्रीमतीलाई पनि बुट्टा भएको सेतो कात्रोले छोपिदिए ।

घर बनाउँदा ऋण लागेको थियो । लकडाउन शुरु भएपछि सुदीपले ससुरासँग ‘पसलको सामान थप्न’ भनेर २ लाख ऋण लिएका थिए । ‘जसरी पनि दुई लाख दिनुपर्ने’ भनेपछि ससुराले सुदीपलाई पैसा दिएको प्रहरीसँग बताएका छन् । म दिरा से वन गर्ने उनको बानीका कारण घर झ गडा भैरहने छिमेकीहरु बताउँछन् । छोरा यसवर्ष एसईई पास भएका थिए । पछिल्लो समय छोरासँग पनि उनको झ गडा भएको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty − 79 =