पछिल्लो २४ घण्टामा २२९७ कोरोना संक्रमित थपिए, ३१३० जना डिस्चार्ज

काठमान्डौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २९७ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार १० हजार ९०४ जनाको पीसीआर परीक्षण गर्दा ६ हजार ५८३ जना र ४ हजार ३२१जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २२९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा संक्रमितको कूल संख्या ६ लाख २२ हजार ६४० पुगेको छ । त्यस्तै गत २४ घण्टामा ३ हजार १३० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ५९ हजार ९२८ पुगेको छ ।

आज थप ४६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ७७२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाण्डु उपत्यकामा ३७९ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाण्डुमा २८५ जना, ललितपुरमा ६१ जना तथा भक्तपुरमा ३३ जना रहेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

three + three =