फेरि ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

काठमाडौँ, २२ असोज । बिहीबार सुनको भाउमा झिनो गिरावट आएको छ भने चाँदीको मूल्य बढेको छ । बुधबार तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर ९३ हजार ९ सयमा झरेको हो ।

तेजावी सुन पनि आज तोलामा २ सयले नै घटेर ९३ हजार ४ सय रुपैयाँमा आईपुगेको छ । चाँदीको भाउमा भने आज ५ रुपैयाँले बढेको छ । चाँदी आज तोलामा ११ सय ८० रुपैयाँ कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ५०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८० हजार ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ११ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ninety two − 91 =