यी हुन् २५ बर्षसँगै बिताएकी श्रीमतीलाई उनको प्रेमीसँग बिहे गरिदिने श्रीमान ( भिडियो हेर्नुस )

काठमाडौ । दागं जिल्लाको घोराही उपमहानगर पालिकामा एउटा अनौठो घटना भएको छ । तीन वर्ष देखि आफ्नो श्रीमतीको अर्कै पुरुषसंग सम्बन्ध रहेको थाहा पाएपछि विवाह गरेर पठाइदिएका छन् । वैदेशि रोजगारीका लागि भारतमा बस्दै आएका खड्क बहादुर पुन मगरले आफ्नी श्रीमती अर्कैलाई विवाह गरिदिएका हुन् । उनी आफु भारतमै हुँदा श्रीमतीको अन्यत्र सम्बन्ध रहेको थाहा पाएपनि वास्ता गरेका थिएनन् ।

तर आफु घरमा आउँदा पनि श्रीमतीले ब्यवहार परिवर्तन नगरेपछि विवाह गरिदिएको बताए । उनले आफु घर आउँदा पनि श्रीमतीले उनैलाई सम्पर्क गर्न नछोडेको दावी गरेका छन् । उनी पुरुषका नाममा सहकारीवाट लाखौं रुपैय ऋण लिएको थाहा पाएपछि ति अर्का पुरुषको घरमै गएर सोध्दा सम्बन्ध स्वीकार गरेको उनको भनाई छ ।

श्रीमतीकै कारण लागेको ११ लाख रुपैया ऋण पनि तिर्ने सर्तमा उनले विवाह गराइदिएका थिए । तर अहिले ति महिलाले म त्यो ११ लाख रुपैया पनि तिर्दिन, मेरो अर्का पुरुषसंग सम्बन्ध पनि थिएन । अनाहकमा आरोप लगाएर विवाह गराइदिए भन्दै आरोप लगाएकी छन् । आफु भारतमा हुँदा श्रीमतीले उनै चौधरीको नामवाट सहकारीवाट २ लाख रुपैया निकालेको बताएको आफुले प्रमाण फेला पारेको बताए । देव बहादुरले गाउँका सबै ब्यक्तिको अगाडी आफ्नो सन्बन्ध भएको स्वीकार गरे । त्यसपछि गाउँका सबै मिलेर उनै चौधरीसंग पठाइदिएको बताएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ninety five ÷ = 95