कुलमान प्राधिकरणबाट बाहिरिएसँगै विद्युत कटौती बढ्यो, ६ जिल्लामा आज पनि विद्युत कटौती

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङ बाहिरिएसँगै विद्युत कटौतीको समस्या बढ्न थालेको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले सूचना दिएर मात्रै विद्युत कटौती गर्न निर्देशन दिए पनि सुधारका अन्य उपायबारे निर्देशन दिएको छैन । तथापि मर्मतसम्भार लगायतका प्राबिधिक समस्याले विद्युत कटौती गर्नु परेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाका अनुसार चुस्तरूपमा सिस्टम नबनेसम्म यो समस्या कायमै रहने रहनेछ । यस्तो समस्या विगतमा पनि रहेको उनले बताएका छन् । यद्यपि उपभोक्तालाई समस्या नहुने गरी छिटो मर्मतसम्भारको व्यवस्था गरिएको उनले बताए ।

आज ६ जिल्लामा विद्युत कटौती

नेपाल विद्युत् प्रधिकरणले आज शनिबार पनि देशका विभिन्न स्थानमा विद्युत कटौती गरेको छ । शुक्रबार प्राधिकरणले निकालेको सूचना अनुसार आज काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर)का विभिन्न स्थान तथा काभ्रे, सुनसरी र धनकुटामा विद्युत कटौती हुने जनाएको छ ।

सुनसरीको धरान तथा इटहरीका विभिन्न क्षेत्रमा ७ बजेबाटै विद्युत कटौती भइसकेको छ । अब दिउँसो ३ बजे मात्रै ती क्षेत्रमा विद्यु उपलब्ध हुनेछ । धनकुटाका पनि विभिन्न क्षेत्रमा बिहान ७ बजेदेखि नै विद्युत कटौती भएको छ । त्यहाँ अब साँझ ५ बजेमात्रै विद्युत आउने प्राधिकरणले जनाएको छ ।

यस्तै काभ्रेमा ९ बजेदेखि विद्युत कटौती गरिने भएको छ भने काठमाडौँ उपत्यकाका जोरपाटी वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा बिहान १० बजेदेखि विद्युत कटौती हुनेछ । यस क्षेत्रको विद्युत साँझ ५ बजेमात्रै आउनेछ । यस्तै पुल्चोक, कुलेश्वर र लगनखेल वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा ११ बजेदेखि विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty eight + = sixty