१३ महिनाकी सियोना श्रेष्ठलाई बचाउन देशबिदेशबाट सहयोगको ओईरो, अहिलेसम्म उठ्यो ४ करोड ९२ लाख

काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ । नेपालमा उपचार सम्भव नहुने र उपचार गर्न २५ करोडको हाराहारीमा खर्च लाग्ने भएपछि सियोनाको बुवाआमा यतिबेला सहयोग अपिल गरिरहेका छ । जसमा केही नेपाली सेलिब्रेटीहरुले पनि साथ दिएका छन् । तर, थोरै सेलिब्रेटीहरुले मात्र आर्थिक सहयोग गरेका कारण आफ्नो छोरिको जीवन रक्षाको निम्ति सबै सेलिब्रेटिहरुलाई सकेको आर्थिक सहयोग गर्न सियोनाको आमा एलिनाले आग्रह गरेकि छन् ।

हलसम्म गायक बुद्ध लामा, हास्यकलाकार कुमार कट्टेल र अभिनेत्री परमिता आरएल राना मात्रै यो अभियानमा आर्थिक रुपले जोडिएका छन् । लामाले १० हजार, कट्टेलले १० हजार आर्थिक रकम सहयोग गरे भने यता परमिताले ईन्स्टाग्राममा अनलाईन स्टोर नै सुरु गरेकी छन् । सियोनालाई आर्थिक सहयोग गर्ने हेतुका साथ उनले लेडिज आईटमहरु बिक्रि गर्न ईन्स्टाग्राम एकाउन्ट सुरु गरेकी छन् । जहाबाट उठेको सम्पुर्ण रकम उनले सियोना बचाउ अभियानको लागि हस्तान्तरण गर्नेछिन ।

यस्तै, गायिका रचना रिमाल, गायक रामकृष्ण ढकाल, नायक आकाश श्रेष्ठ, नायिकाहरु नन्दिता केसि, पुजा शर्मा, केकि अधिकारी, बेनिशा हमाल, आना शर्मा, मोडल एलिशा राई, गायिका तथा डाक्टर तिर्सला गुरुङ, २०१६ कि मिस नेपाल अस्मि श्रेष्ठ, मोडल तथा टिकटकर रेश्मा घिमिरे लगायतका सेलिब्रेटिहरुले छोरी सियोनाको लागि हेल्प पोस्ट गरेकोमा सियोनाको बुवा सन्दिपले धन्यवाद दिएका छन् । तर, उनिहरुलाई आर्थिक सहयोगमा पनि अघि बढ्नको लागि सन्दिपले आग्रह गरे ।

हालसम्म देश तथा बिदेशबाट जम्मा ४ करोड ९२ लाख नेपाली रुपैयाँ जम्मा भएको जानकारी आएको छ । जसमध्ये बिदेशमा गोफन्डमी बाट २ करोड ५२ लाख नेपाली रुपैया, नेपालमा बैंक अफ काठमाडौमा २ करोड २५ लाख र ईसेवाबाट १५ लाख कलेक्सन भएको सन्दिपले जानकारी गराए । ईसेवाको रकमहरु बैंक अफ काठमाडौमा जम्मा गरिरहेकोले ईसेवामा अलि थोरै देखिएको पनि उनले बताए ।

यस्तै पछिल्लो ४/५ दिनको अवधीमा २ करोड भन्दा माथी रकम जम्मा भएको सियोनाकि आमा एलिनाले बताईन । सामाजिक उत्तरदायित्व बहन गर्दै ईन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले १० लाख नगद सहयोग गर्यो भने पब्जी गेमरहरुले ५ लाख ५० हजार सहयोग गरेको छ । यस्तै ‘लेट्स राईज आवर भ्वाइस टुगेदर’ नामक टिमले १२ हजार बढी नगद संकलन गरेर ईसेवा मार्फत हस्तान्तरण गरेका छन् भने यस्ता थुप्रै संघ सस्थाहरु सियोना बचाउ अभियानमा जुटेका छन् ।

सियोनलाई जन्मजात वंशानुगत लाग्ने रोग स्पाईनल मुस्कुलर थेरापी-एसएमई-१ (SPINAL MUSCULAR ATROPHY (SME-1) रोग लाग्यो । जुन रोगका कारण बच्चाको अंगहरुले काम नगर्ने, विस्तारै सबै सुक्दै जाने र मृत्युसम्म हुने जस्ता लक्षण देखिन्छ । जस्का कारण यतिबेला मृत्यु जित्न संघर्ष गरिरहेकी सियोनाको जीवन रक्षाको कामना गर्दै देशबिदेशमा रहेका आम नेपाली तथा सेलिब्रेटिहरुले सहयोग गरिरहेका हुन् ।

यतिधेरै रकम जम्मा भएपनी उपचारको लागी यो रकम निकै थोरै हो, नेपालिहरुको मायाले अझै धेरै सहयोग प्राप्त हुने सन्दिपले बिश्वास गरेका छन् । १३ महिना भएकी सियोनको उपचार २ वर्ष उमेर भित्रमा गरिसक्नुपर्ने छ । तर, जति चाडो गर्यो त्यति राम्रो हुने हस्पिटलले बताएको छ । यो रोगको उपचार नेपालमा सम्भव नभएपछि छोरिका साथमा सन्दिप दम्पती झन्डै डेढ महिनादेखी पोल्यान्डमा छन् । यतिबेला अभियानलाई अझै प्रभावकारी बनाउन फेसबुकमा पब्लिक ग्रुप नै बनेको छ ।

सियोनालाई सहयोग गर्न अनलाइन, बैंक एकाउन्ट र ए-सेवा एकाउन्ट रहेको छ । जहा सहयोगीदाता आफुले चाहेको रकम पठाउन सक्नेछन् । बैंकमा सहयोग रकम पठाउनको लागि सियोन श्रेष्ठ (Siyona Shrestha) नाममा बैंक अफ काठमाडौ (Bank of Kathmandu) को परासी ब्रान्च (Parasi branch) मा एकाउन्ट खोलिएको छ । जस्को एकाउन्ट नम्बर 206500000031524 रहेको छ । यस्तै, ईसेवाबाट आर्थिक सहयोग गर्नको लागि 9816457809 र 9847206466 आईडी प्रयोग गर्दै सियोन बचाउ अभियानमा साथ दिन सक्नुहुनेछ छ भने www.gofoundme.com मार्फत पनि सहयोग रकम पठाउन सकिनेछ । डिथ्री अनलाइन सियोनको जीवन रक्षाको कामना गर्दछ ।

 

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ thirty six = 39