अब देश पुरै प्रचण्डको वरीपरी घुमेको छ, अबको चुनावपछि माओवादी पहिलो र प्रचण्ड प्रधानमन्त्री !

काठमाडौं । सरकारका एक जना मन्त्रीले अब पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुने बताएका छन् । उनले अहिलेको राजनीतिको केन्द्रविन्दुमा प्रचण्ड रहेको उनको दावी छ ।

नवनियुक्त शिक्षामन्त्री देवेन्द्र पौडेलले यस्तो खुलासा गरेका हुन् । उनले अहिलेको सरकारले विपन्न वर्गको लागि केही गर्ने योजना बनाएको बताएका छन् ।तर, जनतालाई जुन प्रकारले सेवा प्रवाह गर्नुपर्ने थियो त्यो तरिकाले काम भने नभएको उनको स्विकारोक्ति छ ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।उनले मुलुकमा विद्यमान समस्यालाई समाधान गर्न र चूनौति सामना गर्नको लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्नुपर्ने भनेर आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालले भनेको सुनाए ।

उनले वर्तमान पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म जानसक्ने पनि सुनाए । आफूहरु प्रणालीको रक्षाको लागि लागिपरेको पनि पौडेलको भनाई छ ।उनले चीनले नेपाललाई नाकाबन्दी लगाएको भन्नु गलत भएको टिप्पणी गरे ।

उनले कोभिडको कारण नाकामा सहज अवस्था नहुँदैमा चीनले नाकाबन्दी लगाएको भन्नु विल्कुलै गलत भएको पनि स्पष्ट पारे ।उनले चीनसँग नेपालको सम्बन्ध सुमधुर र प्रगाढ रहेको सुनाए । उनले आफ्नो पार्टीका अध्यक्ष प्रचण्ड अब नेपाली राजनीतिमा फेरि प्रधानमन्त्री बन्न सक्दैन भन्नु झु ठो कुरा भएको पनि सुनाए ।

उनले माओवादी केन्द्र पार्टी समाप्त भयो भन्नेले अर्को निर्वाचनसम्म कुर्नुपर्ने पनि सुझाव दिए । उनले अहिले पार्टी चलायमान भएको पनि सुनाए ।

उनले प्रचण्ड नै यो देशको राजनीतिको परिचालक भएकोे आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने पनि ठोकुवा गरे ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× four = twenty eight