नवनियुक्त मन्त्री मनाङ्गेको ठट्टा: अलिअलि निद्रा चाहिं लागिराछ

काठमाडौं : दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङ गण्डकी प्रदेश सरकारको मन्त्री बनेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार उनलाई युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका हुन् ।

सपथ ग्रहणका लागि प्रदेश नीति तथा योजना आयोगको हलमा पुगेका मनाङ्गेले केहीबेर सञ्चारकर्मीहरुसँग कुरा गरे । युवा तथा खेलकुद किन रोज्नुभयो भन्ने प्रश्नमा उनले भने, युथका लागि बिजनेस प्लान छ । स्पोर्टस्मा त हामीसँग टिम राम्रो छ ।’

त्यसो भए कार्ययोजना अहिले नै तयार नै छ भन्ने प्रश्नमा उनले अघि भने, ‘धेरै गर्नुपर्ने देश होइन, ४÷५ वटा काम प्रभावकारी ढंगले गर्‍यो भने पुग्छ ।’

केके छन् भन्ने खुलाउन चाहेनन् । तर आफूले पहिल्यै काम गरेकाले ‘नलेज’ पनि रहेको बताए ।

मन्त्री तपाईंले माग्नु भएको कि मुख्यमन्त्रीले अफर गरेको भन्ने प्रश्नमा उनले भने, ‘काम गर्ने वातावरण बन्यो भने गर्नुभन्नुभयो, मैले हुन्छ भनें ।’

सामाजिक विकास मन्त्रालयलाई फुटाएर युवा तथा खेलकुद बनाइएको छ । धेरैवटा विभागलाई एउटै मन्त्रालयमा राख्नुहुन्न भन्नेमा आफ्नो र मुख्यमन्त्रीको मत मिलेको उनले सुनाए । तर आफ्नो मन्त्रालय कुन भवनमा हुन्छ भन्ने थाहा नभएको भन्दै उनले भने, ‘दौरा सुरुवाल किन्न जाउँ भन्नुभयो, किन्न गएँ ।’

नयाँ हो भन्ने प्रश्नमा उनले मुन्टो हल्लाए । मन्त्री बन्दा कस्तो अनुभूति हुन्छ भन्ने प्रश्नमा मनाङ्गेले भने, ‘अलिअलि निद्रा चाहिं लागिरहेको छ मलार्ई । सुत्न पाएको थिएन क्या ।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

two + 8 =