बालुवाटार काण्डमा मुछिएका विष्णु पौडेल नयाँ अर्थमन्त्री बन्दै ! प्रचण्डको पनि समर्थन

काठमाडौं, १५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आज/भोलि नै अर्थमन्त्री नियुक्ती गर्ने तयारी गरेका छन् । यसको लागि प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि परामर्श गरेका छन् । अध्यक्षद्धय ओली र दाहालले नयाँ अर्थमन्त्रीको रूपमा महासचिव विष्णु पौडेललाई ल्याउने सहमति गरेको स्रोतको दाबी छ ।

निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा केही साता अघिमात्रै प्रधानमन्त्रीको आर्थिक सल्लाहकार तोकिएका थिए । तर, आज बसेको मन्त्रिपरिषद बैठकले खतिवडालाई संयुक्त राज्य अमेरिकाको लागि राजदूतमा सिफारिश गरेको छ । यसअघि प्रधानमन्त्री ओलीले खतिवडामार्फत नै अर्थमन्त्रालय चलाउन खोजेको चर्चा चलेको थियो । तर, खतिवडालाई अमेरिकाका लागि राजदूत सिफारिश गरेपछि ओलीले नयाँ अर्थमन्त्री तत्काल नियुक्त गर्न लागेका छन् ।

महासचिव पौडेल ओलीका प्रिय नेता हुन् । ओलीको अघिल्लो कार्यकालमा पौडेल नै अर्थमन्त्री थिए । पछिल्लो समय पार्टीभित्र आफूविरुद्ध घेराबन्दी हुँदापनि पौडेलले ओलीलाई राम्रो साथ दिएका थिए । ओलीले मात्रै होईन, अर्का अध्यक्ष दाहालले पनि पौडेललाई अर्थमन्त्री बनाउने ग्रिन सिग्नल दिएका छन् । नेकपाभित्र यतिवेला मन्त्रिमण्डल पूनर्गठनको लागि छलफल चलिरहेको छ ।

यसको जिम्मेवारी अध्यक्षद्धय ओली र दाहालले पाएका छन् । दशैंअघि नै मन्त्रिमण्डल पूनर्गठन गरिने नेकपाका नेताहरुले बताउन थालेका छन् । यसपटक ठूलो मात्रामा मन्त्रिमण्डल पूनर्गठन गरिने वरिष्ठ नेता झलनाथ खनालले पत्रकार ऋषि धमलासँगको कुराकानीमा स्पष्ट पारिसकेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

five × five =