Categories
समाचार

कक्षा १२ को परीक्षा: चालीस नम्बरका लागि अनलाइन परीक्षा हुने ! सहि निर्णय ?

काठमाडौँ, ३१ भदौ: लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गरी परीक्षा सम्पन्न गर्न सरकारलाई सिफारिस गरेको छ ।

विषम स्थितिमा हुने यो मिश्रित ढाँचाको परीक्षाबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाइ स्वीकृत गराएपछि निर्णय कार्यान्वयन हुनेछ । मन्त्रालयका एक अधिकारीका अनुुसार बोर्डको सिफारिसअनुसार सरकारले चाँडै निर्णय गर्नेछ । अनलाइनमा पहुँच नहुनेले सूचना प्रविधिका अन्य माध्यमलाई पनि प्रयोग गर्न सक्ने गरी सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशका–२०७७ जारी गरिसकेको छ ।

बोर्डका कक्षा ११ र १२ तहका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले आज रासससँग कुरा गर्दै अन्य विकल्प सम्भव नभएमा यस विकल्पबारे सरकारबाट निर्णय भएपछि आवश्यक कार्यविधि र प्रश्नपत्र बनाई ४० नम्बरका लागि अनलाइन परीक्षाको तालिका प्रकाशन गरिने जनाए । अनलाइनबाट परीक्षा हुँदा विद्यार्थीले आफू रहेको स्थानबाट निश्चित समयमा उत्तर तयार गर्नुपर्ने भए पनि पाठ्यसामग्री र स्रोतको उपयोग गर्न पाउने सुविधा प्राप्त गर्नेछन् । परीक्षा केन्द्र, गार्ड र सुरक्षाकर्मी नहुने भएकाले यो एक प्रकारले खुला परीक्षा हुनेछ ।

गत वैशाख ८ गतेदेखि तोकिएको सो परीक्षा गत चैत ११ गतेदेखिको बन्दाबन्दीका कारण स्थगन भएको थियो । परीक्षामा कूल चार लाख ३२ हजार विद्यार्थीले आवेदन दिएका थिए । बोर्डले यही भदौ २६ गते सूचना प्रकाशन गरी कक्षा १२ मा परीक्षाका लागि आवेदन दिएका विद्यार्थी कोरोना महामारी वा अन्य कारणले अन्य जिल्लामा बसाइँसराइ भएको भए सात दिनभित्र विवरण उपलब्ध गराउन आग्रह गरिसकेको छ ।

नियन्त्रक शर्माले हालको स्थितिमा परीक्षा दशैँ अगाडि हुने सम्भावना कम रहेको पनि जनाउनुभयो । यसअघि माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षा सरकारकै निर्णयका आधारमा विद्यालयबाट आन्तरिक मूल्याङ्कन गराई बोर्डले प्रमाणीकरण गरिसकेको छ भने कक्षा ११ को पनि सोही प्रक्रियाबाट प्रमाणीकरण हुने तय भइसकेको छ । माध्यमिक तहको अन्तिम परीक्षा भएको र यसको अन्तर्राष्ट्रिय मान्यता पनि हुनुपर्ने भएकाले मिश्रित ढाँचाबाट भए पनि बोर्डले परीक्षा गराउने विकल्प सुझाएको हो । मन्त्रालयले परीक्षाबारे सुझाव दिन मन्त्रालयका अधिकारी र बोर्डका पदाधिकारी रहेको अलग–अलग कार्यदल गठन गरेको थियो ।

शिक्षा ऐन (२०२८) को (आठौँ संशोधन) २०७३ कार्यान्वयनमा आएपछि तत्कालीन उच्चमाध्यमिक शिक्षा परिषद्को खारेज भई राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएको थियो । साविकको परिषद्बाट सम्पादन हुँदै आएका सम्बन्धन विद्यालय अनुमति, छात्रवृत्ति, विद्यालय सञ्चालनसम्बन्धी कार्य स्थानीय तहबाट व्यवस्थापन गरिने र पाठ्यक्रम निर्माण, विकास एवं समकक्षता निर्धारणसम्बन्धी कार्य पाठ्यक्रम विकास केन्द्रबाट सम्पादन हुँदै आएका छन् ।

कक्षा १० र ११ को परीक्षालाई कानूनी संरचना तयार गरी प्रदेश र स्थानीय तहबाट सञ्चालन गराउने तयारी भइरहेका बेला यस वर्षको कोरोना महामारीका कारण स्वतः आन्तरिक मूल्याङ्कनमा गएको छ भने आगामी वर्षदेखिको व्यवस्थापनका लागि नीतिगत र कानूनी प्रबन्ध हुने तयारी छ । संविधानतः माध्यमिक शिक्षाको सञ्चालन र व्यवस्थापन स्थानीय तहको कार्यक्षेत्रमा छ भने त्यसअनुसारको परीक्षा संयन्त्र स्थापनाका ढिलाइ हुँदै आएको छ ।-रासस

Categories
समाचार

पछिल्लो २४ घण्टामा १५३९ संक्रमित, १०६८ डिस्चार्ज, ८ जनाको मृ’त्यु

काठमाडौं, भदौ ३१ । पछिल्लो २४ घण्टामा थप १५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १५३९ जना कोरोना संक्रमित थपिएको बताउनुभयो । योसँगै कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।

मन्त्रालयका अनुसार २४ घन्टामा १० हजार ४९४ पीसीआर परीक्षण गरिएको छ। बितेको २४ घण्टामा १०६८ जना संक्रमित निको भइ डिस्चार्ज भएका छन् ।

योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ । संक्रमणबाट पछिल्लो २४ घण्टामा ८ जनाको मृ’त्यु भएको छ । हालसम्म संक्रमणबाट मु’त्यु हुनेका संख्या ३७९ पुगेको छ ।

Categories
समाचार

कुलमानलाई पुन: नियुक्तीको माग गर्दै सडकमा निस्किए युवा

काठमाडौ : जोरपाटीमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको पुनः नियुक्ती हुनुपर्ने माग राख्दै युवाहरुले प्रर्दशन गरेका छन् ।

चार वर्षे कार्यकाल पूरा गरेर मंगलबार बिदा भएका घिसिङको पुनः नियुक्ती हुनुपर्ने मागसहित युवाहरुको समूहले प्रर्दशन गरेको हो ।

ठूलो संख्यामा भेला भएका युवाहरुले सरकारविरुद्ध उचर्को नाराबाजी गरेका छन् । उनीहरुले ‘ओली तेरो पाराले, दुख पायो साराले, अ‍ोली सरकार मुर्दावाद कुलमान घिसिङ जिन्दावाद’ लगायतका नारा लगाएका थिए ।

Categories
समाचार

रबि लामिछानेले भने : कुलमानको निरन्तरता हुनैपर्छ, कुलमान घिसिङका लागि सडकमा आएर बोल्न तयार छु

काठमाडौं : चर्चित संचारकर्मी रवि लामिछानेले कुलमान घिसिङ को समर्थन गर्दै विद्युत प्राधिकरणमा कार्यकालको निरन्तरताको लागि माग गरेका छन् । कुलमानका लागि रवि लामिछाने सडकमा उत्रने समेत चेतावनी दिएका छन् लामिछानेले ‘यो मुलुकमा तपाई भन्दा योग्य मान्छे नै नभएको त पक्कै होइन होला तर अन्धकार यो देशलाई उज्यालो बनाउने र यो देशको युग नै बदल्ने तपाई जस्ता सपुतको मात्रै त्यो पदमा हक लाग्छ।तपाई शारीरिक,मानसिक र कानुनी रुपमा योग्य रहुन्जेल यो पदमा अर्को मान्छेको कल्पना गर्नु मात्र पनि ‘मेरालागि’ महा पाप हो। भन्दै आवश्यक परे सडकबाट पनि बोल्न तयार रहेको बताएका छन् ।

संचारकर्मी लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा आफ्नी श्रीमतिलाई ट्याग गर्दै लेखेका छन् कुलमान घिसिङ ज्यु, तपाईंको कार्यकालको निरन्तरता हुन्छ, हुनै पर्छ। यो मेरो विश्वास होइन, माग हो।यो मुलुकमा तपाई भन्दा योग्य मान्छे नै नभएको त पक्कै होइन होला तर अन्धकार यो देशलाई उज्यालो बनाउने र यो देशको युग नै बदल्ने तपाई जस्ता सपुत को मात्रै त्यो पदमा हकलाग्छ तपाई शारीरि मानसिक र कानुनी रुपमा योग्य रहुन्जेल यो पदमा अर्को मान्छेको कल्पना गर्नु मात्र पनि ‘मेरालागि’ महा पाप हो । प्रिय कुलमान जी, टेलिभिजनमा तपाईंकालागि धेरै बोले,आवस्यक परे सडकबाट पनि बोल्न आतुर छु।

लेकिन, किन्तु, But, परन्तु, तर…केहि होइन,just कुलमान घिसिङ।यसैगरि, कलाकार मदनकृष्ण श्रेष्ठले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न सरकारलाई आग्रह गरेका छन् । कलाकार श्रेष्ठले सोमबार मध्यराति सामाजिक सञ्जालमार्फत सरकारलाई त्यस्तो आग्रह गरेका हुन् ।उनले एउटा सांसद वा मन्त्रीले जिल्लाको एक क्षेत्रबाट मात्र चुनाव जित्ने तर कुलमान देशका ७७ मध्ये जुन जिल्लामा जुनसुकै पार्टीबाट उठे पनि सांसदको चुनाव जित्छन् भन्दै सरकारले बेलैमा निर्णय गरोस् भन्दै आग्रह गरेका छन् । उनले लेखेका छन् – एउटा जिल्लाको मत प्राप्त गरे पछि कुनै पनि सांसद मन्त्री बनेर सिंगै मन्त्रालयलाई नेतृत्व दिन योग्य हुन्छ।

तर मेचीदेखि महाकाली हिमालदेखि तराई सतहत्तरै जिल्लाका तीन करोड जनताका आत्मादेखि रुचाइएको एउटा नाम हो श्री कूलमान घिसिङ । जो नेपालको ७७ जिल्लामध्ये कुनै पनि जिल्ला, कुनै पनि पार्टिबाट चुनाव लडेमा आँखा चिम्लेर निर्बाचित हुने निश्चीत देखिन्छ। आमजनताको मतलाई अयोग्य ठानेर बेवास्ता गर्न सकिन्छ। तर ७७ वटा जिल्लाको मन जितेको ब्यक्तिलाई हटाउने निर्णय गरिएमा जनता ले जिन्दगी भर चित्त दुखाउने छन्। लौ है आदरणीय नेताज्यूहरु जनताका तर्फबाट यहाँहरुलाई एक पटक सम्झाई दिने मेरो धर्म हो ।

जनादेशलाई सम्मान गरेर जनताको मन जित्ने नजित्ने यहाँहरुको स्वबिबेक र कर्म हो ।अर्को एउटा कुरा कुलमानजी जस्तो सही व्यक्तिलाई प्राधिकरणको प्रमुख पदमा नियुक्ती गर्रेर देशलाई लोडसेडिङमुक्त गराइदिनुहुने आदरणीय मन्त्रीज्यू र कुलमानजीलाई साथ दिनु हुने कर्मचारीलगायत सम्पूर्ण महानुभाबहरु लाई पनि जनताले धन्यबाद दिएका छन् है। एक जनालाई मात्र जस दियो हामीलाई दिएन भनी नसम्झिनुहोला त्यो पनि भन्देको छु मैले । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्ति गराउन जनस्तरबाट दबाब अभियान सुरु भएको छ ।

Categories
समाचार

कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्न माग गर्दै शान्तिपुर्ण प्रदर्शन

काठमाडौं : घिसिङलाई पुनर्नियुक्ति गर्न माग गर्दै शान्तिपुर्ण प्रदर्शन नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्न माग गर्दै काठमाडौं नयाँ बसपार्क स्थित माछापोखरीमा स्वतन्त्र नागरिक समुहले शान्तिपुर्ण प्रदर्शन गरेको छ।हाम्रोलाई हैन राम्रोलाई नियुक्ति गर ।

उज्यालो नेपालको नायक कुलमान घिसिङलाई पुनर्नियुक्ति गर भन्ने प्ले कार्ड र ब्यानर बोकेर उनको पुनर्नियुक्तिका लागि पदर्शन भएको हाे । घिसिङको चारवर्षे कार्यकाल आइतबार पुरा भएको थियो। मंगलबार प्राधिकरणले उनको बिदाइ गरेको छ।

Categories
समाचार

भारतको अर्को दादागिरी ! नेपालमा प्याज निर्यातमा रोक

काठमाडौ । भारतले प्याजको निर्यातमा रोक लगाएका कारण अब फेरी नेपालमा पनि प्याजको मुल्य आकासिने भएको छ । अघिल्ला वर्षहरुमा पनि यो समयमा भारतले प्याज निर्यात बन्द गर्दै आएको छ । गत वर्ष यो सिजनमा प्याजको मुल्य आकासिएको थियो । भारतले काटिएको र पाउडर फर्मबाहेक सबै किसिमका प्याजको निर्यातमा प्रतिबन्ध लगाइएको छ ।

यो कदम घरेलु माग पूरा गर्न र प्याजको मूल्य कम गर्ने उद्देश्यले उठाइएको भारत सरकारले जनाएको छ । हाल दिल्लीमा प्याज ३५ देखि ४० भारुमा बिकिरहेको छ । वाणिज्य र उद्योग मन्त्रालयले एक अधिसूचना जारी गर्दै यस्तो आदेश दिएको हो ।

यो प्रतिबन्धको दायरामा बेंगलुरु र कृष्णापुरममा फल्ने प्याज पनि पर्दछन् । अधिसूचनामा लेखिएको छ, ‘प्याजका सबै किसिमको निर्यातमा तत्काल रोक लगाइएको छ ।’

Categories
समाचार

आज सोमबार फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ४ सय रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार तोलामा ९६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

Categories
समाचार

जुम्लामा डाक्टर गोविन्द केसीले सुरु गरे १९ औं सत्याग्रह

जुम्ला । डाक्टर गोविन्द केसीले फेरी १९ औं सत्याग्रह सुरु गरेका छन् । चिकित्सा शिक्षामा सुधारको माग राख्दै जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको वाविरा मन्दिरमा उनले अनसन सुरु गरेका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश नम्बर २ र गण्डकी प्रदेश तथा डोटी, डडेलधुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल प्रक्रिया अघि बढाउनु पर्ने माग राख्दै डा. केसीले अनसन सुरु गरेका हुन् ।

Categories
समाचार

फेरि प्राधिकरण प्रमुखमा कुलमान घिसिङ नै, चार वर्षका लागि नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा पठाइँदै

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई दोहोर्‍याउने निश्चित भएको छ । चार वर्षे कार्यकाल पूरा गरी आज विदा हुँदै गरेका कुलमान पुनः प्राधिकरणको जिम्मेवारी फर्कने भएका हुन् ।

सत्तारुढ नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको सहमतिअनुसार ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले उनलाई चार वर्षका लागि पुनः प्राधिकरण प्रमुखमा नियुक्ति गर्ने प्रस्ताव तयार गरेको छ ।

उक्त प्रस्ताव आजै वा भोलि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने तयारी ऊर्जा मन्त्रालयले गरिरहेको छ । सम्भवतः सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले कुलमानलाई प्राधिकरण प्रमुखमा नियुक्ति गर्ने निर्णय गर्ने ऊर्जा मन्त्रालयले जनाएको छ । चार वर्षे कार्यकालमा ऊर्जा विकासभन्दा पनि देश लोडसेडिङमुक्त गरेको जस पाएका कुलमानलाई पुनः नियुक्ति गर्नुपर्ने जनस्तरबाटै दबाब आएको छ ।

 

Categories
समाचार

क्याप्टेन विजय लामालाई को’रोना संक्रमण, शिध्र स्वाथ्य लाभको कामना

काठमाडौं : नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई को’रोना संक्रमण देखिएको छ। स्टार अस्पतालमा स्वाब परीक्षण गर्दा उनलाई को’रोना देखिएको हो। उनी अहिले सोल्टी होटलको आइसोलेसनमा छन्। लामाले आइतबार स्वाब दिएका थिए। सोमबार बिहान रिपोर्ट आएसँगै आफू आइसोलेसनमा भर्ना भएको उनले बताए।

उनीसँगै नेपाल वायुसेवा निगमको वाइडबडी जहाज उडाएका बेलायती क्याप्टेन उदय कोल्हात्करलाई संक्रमण पुष्टि भएको छ । दुवैले तीन दिनअघि शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई वाइडबडी जहाजबाट अफ्रिकी मुलुक दक्षिण सुडान लगेका थिए। ‘म अहिले सोल्टीको आइसोलेसन भर्ना भएको छु, उहाँ पनि सँगै हुनुहुन्छ,’ लामाले भने।

त्यस्तै, युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिबिया अन्तर्गत शान्ति सेनामा लिबिया जान लागेका सेनाका जवानलाई कोे’रोना देखिएपछि सोमबारको उडान स्थगित गरिएको छ । नेपाली सेनाको जन सम्पर्क तथा सूचना निर्देशनालयले प्रेस नोट जारी गर्दै भदौ २९ गते लिबिया जान लागेक सेनाको केही जवानमा को’रोना पुष्टि भएपछि हाललाई उडान स्थगित भएको जानकारी दिएको छ ।

काभ्रेपलाञ्चोकको श्री विरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा तालिम सकेर क्वारेन्टिनमा बसेकाहरुको पिसि आर परीक्षण गर्दा उनीहरुमध्ये केहीलाई को’रोना संक्रमण देखिएको ले जनाइएको छ । को’रोना पोजेटिभ देखिएका व्यक्तिको कन्ट्याक ट्रेसिङ गरी सबै जनाको स्वास्थ्य परीक्षणपति मात्र अर्को रोटेसन उडान तय गरिने निर्देशनालयले जनाएको छ ।