Categories
राशिफल

गणेश भगवानको दर्शन गर्दै हेर्नुस आजको राशिफल सधै शुभ हुनेछ ! भाद्र ३० गते । मंगलबार

ज्योतिष गणेश काफ्ले । वि.सं.२०७७ साल भाद्र ३० गते । मंगलबार । ईश्वी सन् २०२० सेप्टेम्बर १५ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि–त्रयोदशी,३७ घडी १० पला,बेलुकी ०८ बजेर ४१ मिनेट उप्रान्त चतुर्दशी । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०६ मिनेट । दिनमान ३० घडी ४३ पला । त्रयोदशी श्राद्ध । कलियूगादि ।

मेष : सन्तान तथा परिवारले तपाईको काममा खासै सहयोग गर्ने छैनन् भने तपाईको आलोचना गर्नेहरु बढ्ने ग्रहयोग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महसुस हुनेछ। माया प्रे’ममा धोका हुनेछ भने घर परिवारमा आफन्त तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । व्यापार व्यावसाय खस्केर जाने हुनाले दैनिक गुजारा गर्न गाह्रो हुनेछ भने प्रतिस्पर्धिहरुको अवरोधले फाईदाको सम्भावना टरेर जानेछ ।

बृष : बिहानको समय राम्रो रहेकोले आफन्त,दाजुभाई तथा अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । छोटो तथा रमाईलो यात्राको तय गर्न सकिनेछ। उत्पादन मुखि व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले स्वास्थ्यमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । राजनीति तथा सामाजिक काममा समय खर्चनेहरुका लागी समय मध्ययम रहेकोछ ।

मिथुन : बिहानको समय मध्ययम रहेकोले व्यावसायमा नाँफा कमाउँन अरु दिन भन्दा बढि समय खर्चनु पर्नेछ । स्वास्थ्यमा समस्या आई दैनिक कामकाज गर्न नसकिने हुनाले रुपैया पैसाको ब्यबस्थापन गर्न गाह्रो हुने छ । मध्यान्हबाट समय राम्रो रहेकोले अर्थ उपार्जनका बिभिन्न स्रोतहरु जुट्ने हुनाले पछिसम्म आम्दानी हुने व्यावसायमा लगानी बढाउन सकिनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईले सुरु गर्नुभएको कामको दाजुभाई तथा छिमेकिबाट उच्च मुल्याङकन हुने ग्रहयोग रहेकोेछ ।

कर्कट : बिहानको समय राम्रो रहेकोले व्यावसाय फस्टाएर भने लगानिको नयाँ बाताबरण बन्नेछ भने आम्दानिमा बढोत्तरिको योग रहेकोछ । राजनीतिमा पद प्राप्तीको योग रहेकोछ । मध्यान्हबाट समय मध्ययम रहेकोले माया प्रेममा धोका हुँन हुनेछ भने परिवारमा झै झगडा हुने सम्भावना अधिक रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँनेछ । पढाई लेखाईमा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ ।

सिंह : क्षमता प्रदशन गरेर नाम तथा दाम दुबै कमाउन सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकिनेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तब्य पहि ल्याउन सहज हुनेछ । परिवारका साथ रमाईलो बाताबरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बिहानको समयमा यात्रासँग सम्बन्धित कामहरु हुनेछन् । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धी समयस्या आउन सक्छ ।

कन्या : बिहानको समय पढाई लेखाईमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । ईच्छा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउँनेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले समयको गति सँगै बढ्न सक्दा प्रतिश्पर्धामा अरुभन्दा अगाडि बढ्न सकिनेछ । प्रसस्त तयारि गरेर महत्वपुर्ण काम शुरु गर्दा राम्रो नतिजा हात लाग्नेछ । तापनि लामो दुरिको यात्राको प्रवल सम्भावना रहेकोछ ।

तुला : नयाँ–नयाँ कामको प्रस्ताब आउनेछ भने नोकरिमा पदोन्नति हुनेछ । बिभिन्न ठाउँबाट कामका प्रस्तावहरु आउने छन् भने प्रसस्त रुपैया पैसा कमाउने योग रहेको छ । सत्रु तथा प्रतिश्पर्धिहरु परास्त हुँनेछन् भने बिद्या तथा प्रतिश्पर्धामा तपाईकै नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यावसायमा लगानि गरि भने जस्तो नाँफा कमाउँन सकिनेछ । भनेको समयमा सामाजिक कामहरु बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउँन सकिने हुँदा घर परिवारमा खुसियालि छाउँनेछ। माया प्रे’ममा सामि प्यता बढेर जानेछ भने साथिभाई सँगको सम्बन्धमा बिश्वासको बाताबरण बन्नेछ ।

बृश्चिक : बिहानको समय मध्यययम रहेकोले छोटो दुरिको यात्रा गर्दा वा सवारी चलाउदा ध्यान दिनुहोला । आफन्त तथा अग्रजसँग मन मु’टाब बढ्नेछ। मध्यान्हबाट बिद्या तथा प्रतिश्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै तपाईकै नाम अग्र स्थानमा आउँनेछ । व्यापार व्यावसायमा भने जस्तो नाँफा कमाउँन सकिनेछ भने थप लगानि बढाउँने बाताबण बन्ने छ । छोटो समयमा नाम तथा दाम कमाउँन सकिने हुँदा घर परिवारमा खुसियालि छाउँनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्नि बिच बिश्वास बढेर जानेछ ।

धनु : काम बिग्रने तथा मान सम्मानमा आघात पुग्न सक्छ ध्यान दिनुहोला । व्यापार व्यावसायमा मन्दि आउनेछ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रनेछ । धर्म तथा अध्यात्म तिर चासो रहेपनि गलत व्यात्तिहरुले प्रयोग गर्न सक्छन् ध्यान दिनुहोला । यात्रा गर्दा बिशेष ख्याल गर्नुहोला समस्या आउन सक्छ । शैक्षिक यात्रा भने फलदायि रहनेछ ।

मकर : बिहानको समय राम्रो रहेकोले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापारकै सवालमा यात्रा हुनेछ । पढाइ लेखाइमा मन जानेछ भने पुरस्कार आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आफन्त तथा चेलि माईति बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ ।

कुम्भ : तार्किक क्षमताबा बृद्धि भएर जानेछ भने बाणिमा थप निखारता आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । एकल तथा साझेदारि व्यापार फस्टाएर जानेछ भने व्यपारकै शिलशिलामा रमाईलो यात्राको तय हुनेछ । माया प्रेम मा नजिक हुने समय रहेकोछ भने बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ । पढाईमा अरुभन्दा एक कदम बढि सफलता हात पार्न सकिनेछ ।

मीन : बिवाद तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पुराना समस्या तथा रोगहरु स्वत हल भएर जानेछन् । आर्थिक अवस्था सुदृड बनाउने चालिने कदमहरु स्वत स्फुर्त रुपमा सकारात्मक दिशामा अगाडि बढ्ने छ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिने तथा जीवन साथिसँग रमाईलो यात्राको प्रशस्त सम्भावना रहेको छ । बिहानको समय मध्ययम रहेकोले खानपानमा ध्यान दिनुहोला पेट सम्बन्धी सम स्या आउन सक्छ । तपाईको दिन शुभ रहोस् ।

Categories
खेलकुद

भित्रबाट पुरुष भएको भन्दै महिला स्पर्धामा दौड्न प्रतिबन्ध

जुरिच, (एजेन्सी) दक्षिण अफ्रिकाकी ओलम्पिक ८ सय मिटर विजेता केस्टर सेमेन्या अब महिलाहरूसँग दौड्न सक्ने छैनन्। स्वीट्जरल्यान्डको सर्वोच्च अदालतमा उनले मु’द्दा हा’रेपछि उनी महिलाहरूसँग दौड्न नसक्ने भएकी हुन्। अ’दा’ल’तले उनको शरीरमा रहेको पुरुष हर्मोन कम गर्नका लागि उ’पचार आ’दे’श दिएको थियो।

पछिल्लो वर्ष द कोर्ट अफ आर्बिटे«सन फोर स्पोर्ट्स कास) ले सेमेन्यालाई हर्मोन कम गर्न आदेश दिएको थियो। कासले बताएको थियो– ‘सेमेन्याको शरीरमा रहेको पुरुष हर्मोन टेस्टोस्टेरोनलाई औ’षधि उपचार गरी कम गर्नुपर्छ। उनले उक्त आ’दे’शवि’रुद्ध स्वीट्जरल्यान्डको अ’दाल’तमा अपि’ल दर्ता गरेकी थिइन्, जुन हाल खा’रे’ज गरिएको छ।’

सेमेन्याले सो आदेशलाई मान्न तयार भएकी छैनन्। उनले भनिन्– ‘कुनै हर्मोन कम गर्दिनँ। म यस तरिकाको नियममा सहमत छैन। म विश्व एथ्लेटिक्सको औषधि (हर्मोन कम गर्ने औषधि) लिनेको आदेशलाई मान्ने वाला छैन। म जो छु ठीकै छु, अर्काका लागि आफूलाई परिवर्तन गर्दिनँ।’

सेमेन्याले ओलम्पिक, कामनवेल्थ गेम्समा २÷२ पटक तथा विश्व च्याम्पियनसिपमा तीनपटक स्वर्ण पदक जितेकी छन्। उनले पहिलोपटक सन् २००९ मा विश्व च्याम्पियनसिपमा भाग लिएकी थिइन्।

त्यसपछि अन्तर्राष्ट्रिय एथ्लेटिक्स महासंघ (आईएएफ) ले उनलाई लिं’ग परीक्षण गराएको थियो। परीक्षणमा उनको शरीरमा पुरुषमा हुने हर्मोन टेस्टोस्टेरोनको मात्रा बढी देखिएको थियो। परीक्षण प्रतिवेदन आएपछि महासंघले सेमेन्यालाई महिला स्पर्धामा दौड्न प्रतिबन्ध लगाएको थियो। महासंघले भनेको थियो– ‘यदि, सेमेन्याले दौड्न चाहन्छिन् भने उनलाई पुरुष स्पर्धामा छुट छ।’ तर, उनी महासंघसँग सहमत भइनन्।

सेमेन्याले कासको आदेशपछि बताएकी थिइन्– ‘मलाई भगवान्प्रति भरोसा र विश्वास छ। यो जीवन भगवान्ले दिनुभएको हो। जीवनमा के हुन्छ के हुन्न यो पनि उहाँले नै तय गर्नुहुन्छ। जब उहाँले चाहनुहुन्छ, मेरो करियर समाप्त हुनेछ । तर, जबसम्म उहाँले चाहनु हुँदैन तबसम्म कोही पनि मान्छेले मलाई रोक्न सक्ने छैनन्। मेरो यो शरीर पनि भगवान्ले नै दिनुभएको हो। म कसैले भनेअनुसार आफ्नो शरीरको कुनै पनि हर्मोनलाई कम गर्नका लागि कुनै औषधि लिन्नँ।’

पुरुषमा टेस्टोस्टेरोन हर्मोन हुन्छ। यसको मात्रा ३ सयदेखि १ हजार नौ ग्राम प्रतिडेसिलिटरको बीच हुन सक्छ। टि लेभलदेखि मुड, शारीरिक र मानसिक सक्रियता तय हुनेछ। महिलाहरूको शरीरमा उक्त हर्मोनकोे मात्रा २० देखि ३० प्रतिशत मात्रै हुन्छ। सेमेन्याको शरीरमा यो टि लेभल बढेर ४ सय देखि ५ सयको बीचमा पुगेको छ। यसैले उनी अन्य महिला धाविकाभन्दा धेरै बलियो देखिएकी हुन्।

Categories
विश्व

अस्ट्रेलियामा लकडाउनविरूद्ध ब्यापक प्रदर्शन

एजेन्सी – अस्ट्रेलियामा ल’कडाउनवि’रूद्ध प्र’द’र्श’नमा उत्रिएका ७० जनालाई प्रहरीले प’क्राउ गरेको छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लकडाउन जारी गरिएपछि त्यसको विरोधमा मेलबर्नमा प्र’द’र्श’नमा उत्रिएका २५० जनामध्ये ७० जनलाई प्रहरीले प’क्रा’उ गरेको बीबीसीले जनाएको छ ।

भिक्टोरिया राज्यमा जुलाईको सुरुदेखि लकडाउन लागु भएको छ । अहिले सो लकडाउन खुकुलो बनाउने तयारी भइरहेका बेला प्रदर्शन भएको हो तस्वीर : ईपीए

Categories
समाचार

आज सोमबार फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ४ सय रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार तोलामा ९६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

Categories
समाचार

जुम्लामा डाक्टर गोविन्द केसीले सुरु गरे १९ औं सत्याग्रह

जुम्ला । डाक्टर गोविन्द केसीले फेरी १९ औं सत्याग्रह सुरु गरेका छन् । चिकित्सा शिक्षामा सुधारको माग राख्दै जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको वाविरा मन्दिरमा उनले अनसन सुरु गरेका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश नम्बर २ र गण्डकी प्रदेश तथा डोटी, डडेलधुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल प्रक्रिया अघि बढाउनु पर्ने माग राख्दै डा. केसीले अनसन सुरु गरेका हुन् ।

Categories
समाचार

फेरि प्राधिकरण प्रमुखमा कुलमान घिसिङ नै, चार वर्षका लागि नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा पठाइँदै

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई दोहोर्‍याउने निश्चित भएको छ । चार वर्षे कार्यकाल पूरा गरी आज विदा हुँदै गरेका कुलमान पुनः प्राधिकरणको जिम्मेवारी फर्कने भएका हुन् ।

सत्तारुढ नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको सहमतिअनुसार ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले उनलाई चार वर्षका लागि पुनः प्राधिकरण प्रमुखमा नियुक्ति गर्ने प्रस्ताव तयार गरेको छ ।

उक्त प्रस्ताव आजै वा भोलि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने तयारी ऊर्जा मन्त्रालयले गरिरहेको छ । सम्भवतः सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले कुलमानलाई प्राधिकरण प्रमुखमा नियुक्ति गर्ने निर्णय गर्ने ऊर्जा मन्त्रालयले जनाएको छ । चार वर्षे कार्यकालमा ऊर्जा विकासभन्दा पनि देश लोडसेडिङमुक्त गरेको जस पाएका कुलमानलाई पुनः नियुक्ति गर्नुपर्ने जनस्तरबाटै दबाब आएको छ ।

 

Categories
समाचार

क्याप्टेन विजय लामालाई को’रोना संक्रमण, शिध्र स्वाथ्य लाभको कामना

काठमाडौं : नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई को’रोना संक्रमण देखिएको छ। स्टार अस्पतालमा स्वाब परीक्षण गर्दा उनलाई को’रोना देखिएको हो। उनी अहिले सोल्टी होटलको आइसोलेसनमा छन्। लामाले आइतबार स्वाब दिएका थिए। सोमबार बिहान रिपोर्ट आएसँगै आफू आइसोलेसनमा भर्ना भएको उनले बताए।

उनीसँगै नेपाल वायुसेवा निगमको वाइडबडी जहाज उडाएका बेलायती क्याप्टेन उदय कोल्हात्करलाई संक्रमण पुष्टि भएको छ । दुवैले तीन दिनअघि शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई वाइडबडी जहाजबाट अफ्रिकी मुलुक दक्षिण सुडान लगेका थिए। ‘म अहिले सोल्टीको आइसोलेसन भर्ना भएको छु, उहाँ पनि सँगै हुनुहुन्छ,’ लामाले भने।

त्यस्तै, युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिबिया अन्तर्गत शान्ति सेनामा लिबिया जान लागेका सेनाका जवानलाई कोे’रोना देखिएपछि सोमबारको उडान स्थगित गरिएको छ । नेपाली सेनाको जन सम्पर्क तथा सूचना निर्देशनालयले प्रेस नोट जारी गर्दै भदौ २९ गते लिबिया जान लागेक सेनाको केही जवानमा को’रोना पुष्टि भएपछि हाललाई उडान स्थगित भएको जानकारी दिएको छ ।

काभ्रेपलाञ्चोकको श्री विरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा तालिम सकेर क्वारेन्टिनमा बसेकाहरुको पिसि आर परीक्षण गर्दा उनीहरुमध्ये केहीलाई को’रोना संक्रमण देखिएको ले जनाइएको छ । को’रोना पोजेटिभ देखिएका व्यक्तिको कन्ट्याक ट्रेसिङ गरी सबै जनाको स्वास्थ्य परीक्षणपति मात्र अर्को रोटेसन उडान तय गरिने निर्देशनालयले जनाएको छ ।

Categories
खेलकुद

रंगभेदको आरोप लगाउँदै नेयमारले भने- ‘गोन्जालेजलाई मुखमा नहिर्काएकोमा मलाई पछुतो छ’

एजेन्सी । रंगभेदको आरोप लगाउँदै पेरिस सेन्ट जर्मेनका स्टार नेयमारले मार्सेका डिफेन्डर अल्भारो गोन्जालेजलाई मुखमा नहिर्काएकोमा आफूलाई पछुतो रहेको बताएका छन् । आइतबार पीएजसी र मार्सेबीच भएको खेलमा दुई टोलीका खेलाडीहरु इन्जुरी समयमा एक आपसमा भिडेका थिए । झडपमा भाग लिएका दुई टोलीका पाँच खेलाडीलाई रातो कार्ड देखाइएको थियो ।

गोन्जालेजको टाउकोमा पछाडीबाट हिर्काएकोमा नेयमारलाई पनि रातो कार्ड दिइएको थियो । मैदानबाट निस्कने क्रममा उनले स्पेनिस डिफेन्डरमा रंगभेदको आरोप लगाए । खेलपछि सामाजिक सञ्जालमा आक्रोश पोख्दै उनले थपे, ‘त्यसलाई मुखमा नहिर्काएकोमा मलाई पछुतो छ ।’

मार्सेका म्यानेजर आन्द्रे भिल्लास बोआसले भने गोन्जालेजको समर्थन गर्दै एन्जेल डि मारियाले आफ्ना एक खेलाडीमाथि थुकेको आरोप लगाए । गोन्जालेजले रंगभेदी टिप्पणी गरेको बारे गरिएको प्रश्नमा उनले भने, ‘मलाई लाग्दैन, किनभने अल्भारो अनुभवी खेलाडी हुन् ।

फुटबलमा रंगभेदको स्थान छैन, तर मलाई यहाँ यस्तो भएको लाग्दैन ।’ खेलमा पीएसजी १–० ले पराजित भएको थियो । सन् १९८४–८५ सिजन यता पीएसजी शुरुवाती दुई खेलमा पराजित भएको यो पहिलो अवसर हो । पहिलो खेलमा पीएसजी लेन्ससँग १–० ले पराजित भएको थियो ।

Categories
समाचार

नेपाललाई लोडसेडिङमु’क्त बनाइ ४ वर्षे कार्यकाल सकाएर बि’दा भए कुलमान !

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल आज आइतबार राति १२ बजे सकिँदै छ । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नि’युक्त भएका कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिँदै गर्दा अब प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने टुं’गिएको छैन ।उनले आइतबार प्राधिकरणमा यो कार्यकालको अन्तिम पटक हाजिर गरे ।

अब अर्को कार्यकलका लागि नि’युक्त भए मात्रै उनी प्राधिकरण फ’र्किनेछन् ।२०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नि’युक्त भएका थिए । चिलिमे जलविद्युत कम्पनीबाट प्राधिकरणको केन्द्रीय कार्यालयमा ता’निएर जि’म्मेवारीविहीन बनाइएका कुलमानलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले कार्यकारी निर्देशकमा नि’युक्ति गरेका थिए ।

कुलमान दोस्रो कार्यकालका लागि दो’होरिने चर्चा पनि छ । तर, अहिलेसम्म मन्त्रिपरिषदमा उनलाई दो’होर्‍याउने गरी प्र’स्ताव पुगेको छैन ।मन्त्रिपरिषदको नियमित बैठक सोमबार मात्रै भएकाले प्रा’धिकरणका नयाँ कार्यकारी निर्देशक नि’युक्तिको निर्णय भोलि मात्रै हुने सम्भावना छ ।

Categories
समाचार

सेनाको जागिरले परिवार पाल्न धौ-धौ, बीचमै छाडेर विदेशिन बाध्य हुन थाले तल्लो तहका सैनिक !

काठमाडौँ, नेपाली सेनामा पछिल्लो समय पेन्सन नै नभई सेवा छाड्नेको सङ्ख्या निकै ठूलो रहेको पाइएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार अघिल्लो आर्थिक वर्षमा मात्रै एक हजार ६३२ जनाले पेन्सन नभई बीचमै सेवा छाडेका थिए ।

विशेष गरी तल्लो तहका सैनिकले पेन्सनसम्बन्धी माग सम्बोधन नभएको, बढ्दो बजार मूल्यका कारण परिवार पाल्न धौ धौ भएको र विकल्पका रुपमा वैदेशिक रोजगारीका लागि काम गर्न जाने सिलसिलामा बीचमै सेवा छाड्ने गरेका हुन् । आव २०७६-७७ मा ८६७ जना राजीनामा दिई उपदानमा बाहिरिएका थिए भने ७६५ जना भगौडाका रुपमा सैनिक सेवा छोडेको तथ्याङ्क छ ।

सेवा परित्याग गरेर जानेमा खासगरी तल्लो तह सिपाहीदेखि हबल्दार सम्मको सङ्ख्या अधिक छ । सेवामा १६ वर्षसम्म सेवा गरेको जनशक्ति पनि पेन्सन नभई सेवा छाडिरहेको आँकडा देखिन्छ । विसं २०६० सम्म सिपाहीदेखि हबल्दार सम्मका लागि १६ वर्षे सैनिक सेवा गरेपछि पेन्सन हुने व्यवस्था थियो । पेन्सनको अवधि २० वर्ष पु¥याएपछि उपदानमा जाने र भगौडाको सङ्ख्या उल्लेखनीय रुपमा बढेकाले सकलदर्जालाई टिकाइराख्न र जनशक्तिको व्यवस्थापन गर्न जङ्गी अड्डालाई समस्या भएको छ ।

सैन्यमा भर्ना हुन १८ वर्ष उमेर तोकिएको हुँदा १६ वर्षमा पेन्सन भएको खण्डमा ३५ वर्ष उम्मेर भित्रै दोस्रो क्यारियर शुरु गर्न सहज हुने भएकाले पनि सिपाहीदेखि हबल्दार सम्मका लागि सङ्गठनले प्राथमिकताका अघि सारेको पेन्सनसम्बन्धी नीतिलाई सरकारले अनुमोदन गर्नु उपयुक्त हुने पूर्वउपरथी होम लावतीको सुझाव छ । स्वदेश होस् वा विदेशका अधिकांश कम्पनीले ३५ वर्ष ननाघेका भूपू सैनिकलाई सुरक्षागार्डका लागि प्राथमिकता दिने र त्यस्ता कम्पनीले उपलब्ध गराउने आकर्षण तलब सुविधाले तल्लो तहका सैनिकको मन लोभ्याएको हो ।

सेनाले केही वर्षअघि राजीनामा दिनेको ओइरो लागेपछि क्षेत्रगत रुपमा कोटा निर्धारण गरी केही समय होल्ड गरेरमात्र राजीनामा स्वीकृत गर्ने नीति नै बनाएको थियो । कठिन परिश्रमको तुलनामा ज्यादै थोरै तलब सुविधा तथा बढ्दो बजार मूल्य र महँङ्गीले जीवनयापन गर्न र सन्ततिलाई गुणस्तरीय शिक्षा दिन नसकेर विकल्पका रुपमा बाध्य भई खाडीलगायत मुलुकमा जान सैनिक सेवा छाड्नु परेको सैनिक सेवा छोड्ने बताउँछन् ।

यद्यपि, नेपाली सेनाले सकलदर्जा र उनका परिवारलाई स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ भने शिक्षातर्फ पनि सकलदर्जाका एक सन्ततिलाई पूर्वप्राथमिक तहदेखि स्नातकोत्तर तहसम्म अध्ययनको मौका प्रदान गर्दै आएको छ । अनवरत तालीम र दुःखको तुलनामा सुविधा कम भएको गुनासो दैनिक रुपमा सैनिक नेतृत्वले प्रशस्त सुन्नु परेको छ ।

दुःखकष्ट र आम्दानीलाई तुलना गर्नुस् : सेनापति

सैनिक नेतृत्व सम्हालेको २ वर्षगाँठका अवसरमा सकलदर्जालाई सम्बोधन गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले भनेका छन्, “राज्यले प्रदान गरेको सेवा सुविधालाई वैदेशिक रोजगारीसँग जोडिएका दुःखकष्ट र आम्दानीलाई तुलना गरेरमात्र उपदान र राजनीनामासम्बन्धी निर्णय लिनु हुनेछ ।”

अशक्त निवृत्तिभरण, निवृत्तिभरण, उपदान राजीनामा, उमेरहद अवकाश र भगौडा गरी हाल वार्षिकरुपमा करीब पाँच हजारको सङ्ख्यामा विभिन्न तहका जनशक्ति सैनिक सेवाबाट बाहिरिने गरेको तथ्याङ्कमा देखिएको छ । राज्यले अब पनि नयाँ बाटो दिन नसक्ने हो भने सेवा प्रवेश गरेकालाई टिकाइराख्न तथा नयाँलाई आकर्षण गर्न निकै कठिन हुने सङ्गठनको बुझाइ छ ।

प्रधानसेनापति थापाले सकलदर्जालाई भनेका छन्, “सैनिक सेवामा रहँदा नै तपाईंहरु लामो समय परिवारबाट अलग्गिएर रहनुभएको छ, के अझै परिवारबाट टाढा जान चाहन्नुहुन्छ ? आफैँले विचार पु¥याउनु होला ।”

वर्तमान प्रधानसेनापतिले शुरु गरेका नेतृत्व संवाद कार्यक्रममा खासगरी जमान तहबाट बलिदानका आधारमा तलब कम भएको गुनासो नै बढी आउने गरेको छ । तथापि सेनाले सैनिक कल्याणकारी कोषमार्फत न्यून ब्याजदरमा लघु वित्त कार्यक्रम तथा साना उद्योग व्यापार सञ्चालनका लागि बहालवालाका परिवार र भूपू सैनिकलाई कर्जा उपलब्ध गराउँदै आएको छ ।

तल्लो तहका ती जनशक्ति सधैँ चुस्तदुरुस्त रहनुपर्नेमा ३५ वर्ष नाघिसकेपछि ऊर्जावान् समय सकिने हुँदा उनीहरुलाई पेन्सनको व्यवस्था सहितको कानूनी प्रबन्धबाट अवकाशमा जाने व्यवस्था उचित हुने सङ्गठनको बुझाइ छ । यसका लागि जङ्गी अड्डाले निरन्तर पहल गर्दै आएको छ । तल्लो तहका सैनिकको पेन्सन १६ वर्षमा हुनुपर्छ भन्नेमा रक्षा मन्त्रालय पनि सकारात्मक देखिए तापनि सैनिक मुख्यालयको प्रयासले सार्थकता प्राप्त गर्न भने बाँकी नै रहेको छ ।

पूर्वउपरथी जगदीशचन्द्र पोखरेलले सैनिक सेवाबाट ३५ वर्ष उमेर पुग्दा नपुग्दै बाहिरिएका तालीम प्राप्त, अनुभवी, क्षमतावान् र अनुशासित जनशक्ति बाहिर जाँदा विप्रेषणको माध्यमबाट मुलुकलाई ठूलो योगदान पु¥याउने हुँदा उनीहरुले उठाउँदै आएको पेन्सनसम्बन्धी विषयलाई राज्यले सुनिदिँदा राम्रो हुने प्रतिक्रिया दिए।

उनी भन्छन्, “अनुभवी त्यस्ता जनशक्तिलाई मुलुकभित्रै पनि निजी विद्यालय तथा कलेजले शारीरिक व्यायाम प्रशिक्षक बनाउन सक्ने, स्थानीय तहले विपद् व्यवस्थापन र अन्य सुरक्षा कार्यमा संलग्न गराए गुणस्तरीय परिणाम हासिल गर्न सक्ने, १६ वर्षमै पेन्सनमा जान सक्ने व्यवस्थाले राज्यलाई पेन्सनको भार कम हुने, अन्यत्र पनि राम्रो अवसर पाउने हुनाले सरकारबाट यसमा परिणाम दिने ढङ्गबाट निर्णय होस् भन्ने सङ्गठन र उनीहरुको अपेक्षा छ ।”

परिणाम दिने निर्णय होस्

सैनिक मुख्यालयले ५÷७ वर्षदेखि निरन्तर अघि सार्दै आएको पेन्सनसम्बन्धी विषयलाई सकारात्मक प्रतिक्रियामात्र होइन, परिणाम दिने ढङ्गबाट निर्णय होस् भन्ने चाहेको छ तर एकै साथ ठूलो सङ्ख्या सैनिक जनशक्ति बाहिरिने हुनाले राष्ट्रको ढुकुटीमा त्यसको केकस्तो प्रभाव पर्छ भन्नेबारे रक्षा मन्त्रालय र अर्थ मन्त्रालयबीच छलफल भइरहेको बताइएको छ । तीन वर्षअघि नै यो विषयलाई सेनाले उच्च प्राथमिकतामा राखेर प्रस्ताव अघि बढाएको थियो । उक्त व्यवस्था कार्यान्वयन भएमा सेनामा नयाँ भर्तीका लागि ठूलो सङ्ख्यामा युवालाई रोजगारीको अवसरसमेत मिल्नेछ । रासस